संसद पुर्नस्थापना हुन्छ, हुन्छ… : डा. कोइराला
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार १:५९:३३
१९ माघ, इनरुवा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले कांग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।
उनले देश अहिले अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिदै गइरहेको बताउँदै कुनै पनि हालतमा संसद पुर्नस्थापना हुने ठाेकुवा गरेका छन् । “देश फेरि एकपटक द्वन्दमा जान्छ कि भन्ने शंका हाम्रो मनमा परेको छ । जसरी राजा ज्ञानेन्द्रले १९ माघमा घटना घटाए त्यसैगरी केपी शर्मा ओलीजीले संसद विघटन गरी देशलाई द्वन्दमा फसाउने प्रयास गरिरहनु भएको छ ।” सम्बोधनका क्रममा नेता कोईरालाले बताए ।
उनले भनेः– “यो सरकार साईबर सेना लगाएर अभिव्यक्ति स्वतन्त्रतामाथि हनन गरिरहेको छ । नागरिकहरुलाई डराउने, तर्साउने प्रयास गरिरहेको तपाईहरुले खबरहरु पाईरहनु भएको छ । त्यति मात्र हैन सरकार त कति कमजोर रहेछ भने अपराधिहरुलाई खोजी खोजी आप्mनो पार्टीमा ल्याउने प्रयास पो गरिरहेको देखिन्छ ।”
दुई नम्बर प्रदेशको उदाहरण दिदैं नेता कोईरालाले भने “दुई नं. प्रदेशमा धेरै अपराधिहरु, जसलाई जिल्ला अदालतले र सर्बोच्च अदालतले पनि निर्णय गरेकाछन् । तिनीहरुलाई पनि उसले पार्टीमा, केपी शर्मा ओलीको समूहमा ल्याई राखेको छ, भर्ना गरिराखेको छ । यसले के देखाउँछ भने यो सरकार अत्यन्त कमजोर धरालतमा हिँडिरहेको छ ।”
सभालाई सम्बोधन गर्ने क्रममा नेता कोईरालाले किसानका समस्याहरुलाई समेत जोडदार रुपमा उठाएका छन् । “यो सरकार किसानमारा सरकार पनि हो । किसानहरुको हक हितको लागि यो सरकारले केहि गरेन । केहि दिन पहिले तपाईहरुले सुनिसक्नु भयो होला काठमाडांैमा उखु किसानहरुले आन्दोलन गर्दा नारायण राय यादव भन्ने सर्लाहीका एकजना कृषकले मृत्यूवरण गर्नुपर्यो । सरकार चुप लागेर बसिरहेको छ । यो सरकार यसकारण पनि किसानमारा सरकार पनि हो ।”
भ्रष्टाचारका बिषयमा आप्mना भनाईहरु राख्दै नेता कोईरालाले भनेः– “भ्रष्टाचारका कुरा त साथिहरुले धेरै गर्नुभयो, म गर्न चाहान्न, किन चाहान्न भने सरकार भ्रष्टाचारमा लिप्त छ । प्रधानमन्त्रीजीले भ्रष्टाचार गर्ने मन्त्रीहरुलाई उन्मूक्ति दिईरहनु भएको छ ।” कोईरालाले ओम्नी र सञ्चार मन्त्रालयको भ्रष्टाचारको बिषयलाई पनि कडा रुपमा प्रस्तुत गर्दै भनेः– “ओम्नी काण्डमा करोडौं रुपैयाँको भ्रष्टाचार भयो, त्यो छम्य हुन सक्दैन । त्यतिमात्र हैन टेलिकममा सामान खरिदमा ७० करोड घोटाला भएको छ, त्यो मन्त्रीलाई बचाउ गर्दा गर्दै पनि उहाँले सक्नु भएन र मन्त्रीले राजिनामा गर्नुपर्ने अवस्था आयो । बलात्कार र हत्याका बिषयमा समेत यो सरकार निकम्मा देखिएको आरोप सरकारले चिर्न सकेको छैन ।”
नेपाली कांग्रेस स्पष्ट छ त्यो स्पष्टता के हो भने यो कदम, केपी शमां ओलीजीको कदम असंबैधानिक हो, गैर लोकतान्त्रिक हो, अलोकतान्त्रिक हो । बदनियपूर्ण तरिकाले कू गरेको छ र सर्वसत्ताबाद उन्मूख बाटोतिर यो सरकार हिँडिरहेको छ भन्ने नेपाली कांग्रेस स्पष्ट छ । यो सँगसँगै नेपाली कांग्रेसले के भनिरहेको छ भने, सच्याउ भनेको छ ।
“त्यस्ता धेरै कुराहरु छन्, यति होल्डीङ्सका कुराहरु छन्, वाईडबडीका कुराहरु छन् । यि धेरै कुराहरु छन् । भ्रष्टाचारका कुरा गर्यो भने दिनभरी हामी बोल्न सक्छौं । तर यो सरकारले संबिधानमा हुँदै नभएको कुरा, संबिधानमा लेख्दै नलेखिएको कुरा, तपाईको संसद विघटन गरिदिनु भो ।” प्रधानमन्त्री माथि कटाक्ष गर्दै नेता कोईरालाले भनेः– “उहाँ के भन्दै हुनुहुन्छ भने म सित ६४ प्रतिशत सांसद छन् । यो संबिधानले ६४ प्रतिशत सांसदलाई विघटन गर्ने अधिकार दिएको छैन । प्रधानमन्त्री के भन्नुहुन्छ भने मलाई काम गर्न दिएनन्, मेरा साथिहरुले भन्नुहुन्छ, तर संसदले साथिहरुलाई चिन्दैन, प्रतिनिधिसभाले साथिहरुलाई चिन्दैन । प्रतिनिधिसभामा संसदीय दलमा उहाँले विश्वासको मत लिनुुपथ्र्यो, संसदमा विश्वासको मत लिनुपथ्र्यो । त्यो काम नगरिकन उहाँ मुठभेडको नीति लिएर अगाडि बढी रहनु भएको छ ।”
नेपाली कांग्रेस सुनसरीले लोकतन्त्रका लागि निरन्तर अग्रणी भूमिका खेलेको स्मरण गर्दै डा. कोईरालाले भनेः– “यसपटक पनि मलाई विश्वास छ । तपाईहरुले पक्कै पनि अग्रणी भूमिका खेलेर संसद पुनस्र्थापना गरेरै छाडनुहुन्छ भनेर मैले विश्वास लिएको छु ।”
कार्यकर्ताको मनमा रहेका आशंकाहरुलाई हटाउने प्रयास गर्दै कोईरालाले अगाडि भनेः– “तपाईहरुको मनमा अलमल होला, नेपाली कांग्रेस अलमलमा छ भन्ने लागेको होला, नेपाली कांग्रेस स्पष्ट छ त्यो स्पष्टता के हो भने यो कदम, केपी शमां ओलीजीको कदम असंबैधानिक हो, गैर लोकतान्त्रिक हो, अलोकतान्त्रिक हो । बदनियपूर्ण तरिकाले कू गरेको छ र सर्वसत्ताबाद उन्मूख बाटोतिर यो सरकार हिँडिरहेको छ भन्ने नेपाली कांग्रेस स्पष्ट छ । यो सँगसँगै नेपाली कांग्रेसले के भनिरहेको छ भने, सच्याउ भनेको छ । सच्याउने एउटै बाटो छ त्यो हो संसद पुर्नस्थापना बाहेक अर्कोबाटो हुनै सक्दैन । पुर्नस्थापनाले मात्रै संबिधानलाई सच्याउन सक्छ, ट्याकबाट बाहिर गएको संबिधानलाई ट्याकमा ल्याउन सक्छ ।”
आप्mना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सम्झाउँदै नेता कोईरालाले भनेः– “तपाईहरु ढुलमुलमा नहुनुस, तपाईहरु अलमलमा नपर्नुस् । सच्याउने बाहेक र पुर्नस्थापना बाहेक हामीसित अर्को विकल्प छैन । तपाईहरुलाई लागेको होला के नेपाली कांग्रेस निर्वाचनसित डराएको हो ? एउटा लोकतान्त्रिक पार्टी भएको नाताले हामी निर्वाचनसित कहिल्यै पनि डराउँदैनौं । हामीहरु सधैं निर्वाचनका लागि तैयार भएर बसेका हुन्छौं । सर्बोच्च अदालतले पनि हामीहरुको कुरा सुनिराखेको होला, हामीहरुले दवाव दिन खोजेको हैन, आग्रह गर्न खोजेको पनि हैन, संबिधान पल्ट्याएर हेर्नुपर्यो, सर्बोच्च अदालतका न्यायाधिशहरुले के लेखेको छ भन्ने कुरा ? कुनै पनि धारामा टेकेर उहाँहरुले हेर्नु भो भने संसद विघटन गर्न पाँईदैन भनेर लेखेको छ । त्यसकारण संसद पुर्नस्थापना हुन्छ, हुन्छ, हुन्छ ।”
कांग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरे । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार