तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार ११:४६:४१
वि.सं. २०७७ साल माघ २० गते । मंगलबार इ.स.२०२१ फेब्रुवरी ०२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । तिथी– पंचमी,१८ बजेर १५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त,२४ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–सुकर्मा,०९ बजेर ०५ मिनेट उप्रान्त धृति । करण–बालव,०७ बजेर १७ मिनेट उप्रान्त तैतिल,१८ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेटमा,सूर्यास्त १७ बजेर ४४ मिनेटमा । दिनमान २७ घडी ०९ पला । विश्व शिमसार दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईकै पक्षमा नतिजा आउदा मन खुशि हुनेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउने छ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिने छ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । मायाप्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । पढाईलेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाईने हुँदा मन खुसि रहनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- मायाप्रेममा सामिप्यता बढ्ने तथा पतिपत्नीबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । शेयर बजारमा गरिएको लगानीबाट भनजस्तो आम्दानी हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । मातापिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- आफन्त तथा दिदिबहिनीसँग साना कुरामा राय बाजिनेछ, भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथिभाईहरु टाडिने छन् । भौतिक सम्पती प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- टीम निर्माण गरी काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केही दिनको लागी काम बन्द हुनेछ । महिला मित्र तथा बिपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि नै उत्साहित हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यवसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार