बिहीवारदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १३:५९:२४
२० माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने जनाएको छ । महाशाखाको मंगलबारको मौसमी बुलेटिन अनुसार पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको हो ।
नेपालमा पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले पर्सिदेखि तीन दिनसम्म मौसम बदली भएर वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली प्रवेश गर्ने देखिएको बुलेटिनमा उल्लेख गरिएको छ ।
यो प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्ने छ । मौसम पूर्वानुमान महाशाखाले यसबारे प्रेस विज्ञप्ति नै निकालेर सार्वजनिक गर्ने तयारी गरेको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ । बालीनालीमा नोक्सानी पुगेको छ ।
केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन । यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित आसपासका क्षेत्र र पहाडी जिल्लामा लागेको कुहिरो बिस्तारै हट्न थालेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार