८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १५:३८:३८
२० माघ, झापा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ ।
विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।
जिल्लामा पछिल्लो समय सडक सवारी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।
उहाँका अनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई सवारी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार