भूमि आयोगले भूमिहीनको लगत सङ्कलन गर्दै
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १६:१:५०
२० माघ,सर्लाही । सर्लाहीको लालबन्दी, ईश्वरपुर, वरथवा, वाग्मती, हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ स्थापना भएको छ । जिल्लाका छ स्थानीय निकायमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने उद्देश्यले आयोगले एकाइ कार्यालय स्थापना गरेको हो ।
आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी उनीहरूलाई भूमि उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई कर र कानूनको दायरामा ल्याउन सबै स्थानीय तहमा एकाइ स्थापना गर्न लागेको हो ।
आवासविहीन नागरिकका परिवारलाई भूमि उपलब्ध गराइ योजनाबद्ध, एकीकृत र सुरक्षित बस्ती निर्माणमा मद्दत गर्ने, जोखिम क्षेत्रलगायत कानूनले बस्न वा खेती गर्न नहुने भनी तोकेको स्थानमा बसोबास गरेका वास्तविक भूमिहीन परिवारलाई योजनाबद्ध ढङ्गले स्थानान्तरण गर्नेलगायतका कामका लागि एकाइ कार्यालयको स्थापना गरिएको छ ।
एकाइ कार्यालय स्थापना भएपछि भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र आ–आफ्नो स्थानीय तहमा निवेदन बुझाउन पनि समयसीमा निर्धारण गरिएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि स्थानीय तहमार्फत आवेदन गर्न आग्रह गरिएको छ । जग्गा पाउन तोकिएको ढाँचाबमोजिम निवेदन फाराम भरी स्थानीय तहमा बुझाउन आग्रह गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।
फाराममा उल्लिखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेश गर्न आयोगले सुझाव दिएको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिने आयोगले जनाएको छ । आयोगले निवेदन बुझाउन सातवटै प्रदेशमा स्थानीय तह पनि तोकेको छ भने स्थानीय निकायले आफ्नो क्षेत्रमा लगत सङ्कलनको काम शुरु गरिसकेका छन् । यसै आर्थिक वर्षमा करिब पाँच हजार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई आयोगले लालपुर्जा वितरण गर्ने तयारी गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार