सहज बन्दै धौलागिरि हिमालको पदमार्ग यात्रा
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १८:३:२४
२० माघ, म्याग्दी । म्याग्दीस्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर पदमार्ग यात्रा सहज बन्न थालेको छ । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो आधार शिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्षअघि सम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो ।
आधार शिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आवतजावतसहज हुनाका साथै पर्यटक आगमन बढ्न थालेका हुन । सो आधार शिविरको पर्यटन विकासका लागि गाउँपालिका, सङ्घीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोबाइल फोन सेवा विस्तारको लागि बिटिएस भवन निर्माण भएको छ ।
पदमार्ग बनेपछि भरिया र हेलिकप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटकहरू पैदल यात्रा गरेर आधार शिविर पुग्न थालेका छन् । भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला दुई वर्षमा करीब रु दुई करोड लगानी गरेको छ । २०७५ सालमा रु ५० लाखमा नाउराभिरदेखि सल्लाघारीसम्म र २०७६ सालमा रु ४० लाखमा तलित्रेदेखि इटली आधार शिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको थियो ।
गत आर्थिक वर्षमै धवलागिरि गाउँपालिकाको रु ३० लाखमा बगर, बाँसबोट, सिङकुस, जुरकुस हँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताएका छन् ।
आधार शिविरसम्म मोबाइल सेवा विस्तार गर्न बगरको देउरालीमा टेलिकमले बिटिएस टावर स्थापना गर्न गत वर्ष नै भवन निर्माण गरेको अध्यक्ष पुनले बताए । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु १५ लाख बजेटबाट विसं २०७५ मा इटाली क्याम्पदेखि स्विस क्याम्पसम्म ढुङ्गाको सिँढीसहितको पदमार्ग बनाइएको थियो । रु ३१ लाख लागत अनुमान गरिएको चेक पोष्टको भवन निर्माण समितिका पदाधिकारीले गाउँपालिकाले पूरा रकम भुक्तानी नदिँदा मर्कामा परेको गुनासो गरेका छन् ।
चालू आर्थिक वर्षमा पर्यटन विभागले थप रु चार करोडको ठेक्का प्रक्रिया अघि बढाएको छ । पर्यटन मन्त्रालयले धौलागिरि आधार शिविर र चक्रीय पदमार्गलाई स्थापित पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । धवलागिरि आधार शिविर पदमार्गमा पूर्वाधार बनाउन पर्यटन विभागले हालै ठेक्का प्रक्रिया अघि बढाएको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।
बगरको प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिसमा रु छ लाख बजेट विनियोजन भएको छ । जापानिज आधार शिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधार शिविरमा अर्को ३५० मिटर लामो झोलुङ्गेपुल निर्माणका लागि सर्वेक्षण गरिएको छ । थप पाँच ठाउँमा पुल र स्विस क्याम्पबाट जापानिज क्याम्पसम्म पदमार्ग निर्माणको आवश्यकता छ । बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् ।
आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
ढुङ्गाका आकृतिले तान्दै पर्यटक
बैशाख ५, २०८१ बुधबार
पूर्वाधार निर्माण भएपछि दुरुलेकमा पर्यटक पुग्न थाले
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार