झोलुङ्गेपुल नहुदा धवलागिरि पदमार्ग यात्रामा जानेलाई समस्या
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १८:२१:०
२० माघ म्याग्दी । धवलागिरि हिमालको आधार शिविर जानका लागि बाटोमा पर्ने विभिन्न घाटहरुमा झोलुङ्गेपुल नहुदा पदमार्ग यात्रामा जानेलाई समस्या परेको छ ।
धवलागिरि गाउँपालिका–४ मा पर्ने बगरा गाउँदेखि आधार शिविरसम्म पुग्ने पाँच दिनको बाटोमा पर्ने १५ वटा घाटमा झोलुङ्गेपुल छैनन् ।
म्याग्दी नदी र अन्य सहायक खोला वारपार गर्न काठका अस्थायी साँघु र जङ्घार तर्नुको विकल्प छैन । बगरका कृष्णबहादुर बुढाथोकी झोलुङ्गेपुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको बताउछन् । “बर्खाको तीन महिना असारदेखि भदौसम्म आवतजावत ठप्प हुन्छ”, उनले भने, “ढलेका रूख र काठ तेर्साएर बनाएका अस्थायी पुलबाट आवतजावत गर्दा दुर्घटनाको जोखिम छ ।”
पुल नभएर जोखिमपूर्ण यात्रा गर्नुपर्दा जोखिम हुने भएकाले हेलिकप्टर चढेर आधार शिविर जाँदा पदमार्गका बासिन्दाले लाभ पाउन नसकेको बगरका नरप्रसाद तिलिजाले बताउछन् । “धेरैजसो पर्यटक हेलिकप्टरबाट सिधै बेसक्याम्प पुग्छन्”, उनले भने “सुरक्षित पुल हुने हो भने पर्यटक आगमन पनि बढ्ने थियो, हेलिकप्टरबाट जानुपर्ने थिएन ।”
दुर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भए पनि पुलको योजना परेमा आफूहरू श्रमदान गर्न तयार भएको स्थानीयवासीहरु बताउछन् । बगरादेखि आधार शिविरसम्म रातोखोला, तातोपानी कुण्ड जाने म्याग्दीखोला, झम्मरुकोट खोला, धाप्चा खोला, कैचीभिर खोला, तलित्रे खोला, हरथेवे खोला, ठाडोओडार खोला, चौरवन खोला, इटाली बेसक्याम्पको म्याग्दी खोला, स्विस क्याम्प खोला र जापानिज बेसक्याम्प नजीक म्याग्दी खोलामा पुलको माग गरेका छन् ।
गाउँपालिकाले १२ स्थानमा झोलुङ्गेपुल र तीन स्थानमा साना कल्भर्ट निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको जनाएको छ । प्रदेश र सङ्घीय सरकारसँग पुल निर्माणको योजना माग गरिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल बताउछन् । “पालिकाको स्रोत र प्रविधिले पुल बनाउन सम्भव नभएपछि प्रदेश र सङ्घीय सरकारसँग योजना मागेका छौँ”, उनले भने, “पुल र सुरक्षित पदमार्ग बनाएर पर्यटक बढाउन पहल गर्छौं ।” वर्षमा करीब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार