चुनाव वा पुनस्थापना: कांग्रेस प्रष्ट होस्
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २२:५१:४६
२० माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बदलिंदो परिस्थितिमा आफूलाई अब्बल देखाउने स्वर्णिम अवसर थियो, तर “के गर्छस् मंगले आफ्नै ढंगले” भने जस्तो प्रभावशून्य छ । त्यसको मूलकारण भनेको नेतृत्वमा देखिएको चरम सत्तालिप्सा नै हो । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा गठन गरेकोमा संस्थागत रुपमा असंवैधानिक त भनियो, तर ओली कदमविरुद्ध सडकमा सशक्त र प्रभावकारी भूमिका भने गर्न सकेको छैन् ।
यद्यपि सडकमा कहिलेकाहीं चारतारे झण्डा फहराएको दृश्य चाहिं देखिन्छ । भाषण गर्न आउने नेताका भाषा भने फरक हुने गर्छन् । त्यसैले कार्यकर्तादेखि आमजनतामा समेत अन्योल देखिएको छ । कांग्रेसले अहिले आन्दोलनको नेतृत्व नलिइदिंदा ओली इतरको आन्दोलन फिक्का परेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल नेतृत्वको नेकपाको आन्दोलन खासै जमेको छैन । दुबै पक्षका नेताहरु आपसमा चर्काे गालीगलौज त गर्छन्, तर आत्मालोचना गरे फेरि माफी दिने सद्भावपनि दर्शाउने गरेका छन् ।
त्यसैले औपचारिक रुपमा नेकपा विभाजन नभएसम्म पार्टीको भविष्य के होला भन्न सकिन्न । कुनैपनि बेला नेकपा फेरि मिल्न सक्ने अवस्था छ । किनभने दुबै पक्षले एकअर्कालाई निकाला गरेको निर्वाचन आयोगले मानेकै छैन । ओली र प्रचण्ड नेतृत्वकै नेकपा आधिकारिक हो भन्दैछ आयोग । आज भने प्रचण्ड–माधव पक्षले आधिकारिकता र चुनाव चिन्ह् आफ्नो भन्दै फेरि आयोगको ध्यानाकर्षण गरेकाे छ । तर त्यसको कुनै भर र अर्थ भने देखिएको छैन । किनभने निर्वाचन आयोगका पदाधिकारीको मन ओलीतिर छ ।
उनले स्थानीय निकायमा तत्कालिन एमाले जिताउन के कस्ता हतकण्डा प्रयोग गरे, सबैलाई ज्ञात भएकै हो । त्यसैले पनि बामपन्थीहरुले गर्ने निर्वाचनप्रति जनताको विश्वास र भरोशा रहने अवस्था छैन । तर कांग्रेस भने ओलीले आगामी वैशाखमा निर्वाचन गराउने र कांग्रेसले बहुमत पाउने आशामा बसेको जस्तो देखिन्छ । त्यो कुनै हालतमा सम्भव छैन ।
जसले गर्दा आधिकारिकता विवादले यति सहजै निकास पाउने अवस्था देखिएको छैन । यही कारण वैशाखमा निर्वाचन गर्न आयोगले नै असमर्थता प्रकट गर्ने निश्चित छ । त्यसैले कांग्रेसले एउटा निश्चित बाटो पहिल्याएर अहिल्यै गति प्रदान गर्नैपर्ने अवस्था छ । या त पुुनस्थापना वा निर्वाचन । जे भएपनि एउटा लाइन लिएर कांग्रेस हिंडेन भने बामपन्थीहरुले देश भड्खालोमा हाल्ने छन् । चाहे ओली होस् कि प्रचण्ड–माधव । उनीहरुलाई बहुदलीय व्यवस्था र प्रजातन्त्रसँग कुनै मोह छैन । उनीहरुको अभिष्ट त साम्यवाद नै हो भन्ने छन् । यो त केवल साधन मात्र हो भन्ने मान्यता जबजले पनि बोकेको हो । त्यसैले कांग्रेस प्रष्ट भएन भने न त आन्दोलनले सफलता पाउने छ , न निर्वाचन नै हुन्छ ।
नेपालको राजनीतिक इतिहासमा बामपन्थीले गरेको कुनै आम निर्वाचन छैन् । हेरौं त ! सधैं नेपाली कांग्रेस वा स्वतन्त्र मानिसको नेतृत्वमा नै निर्वाचन भएको छ । निर्वाचनलाई कांग्रेसले सधैं स्वीकार्छ । चाहे २०४८ सालमा भएको चुनाव होस् की २०६५ को संविधानसभा वा २०७४ मा भएको संसदीय चुनाव होस् । त्यसबखत नेपाली कांग्रेस नेतृत्वले नै चुनावी सरकारको नेतृत्व गरेको थियो । ०४८ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत पाएपनि कांग्रेस सभापतिसमेत रहेका अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आफैं पराजित भएका थिए । तर उनले निर्वाचन परिणामलाई सहर्ष स्वीकार गरे । उनको निर्वाचन निष्पक्ष र धाँधलीरहित भएको थियो ।
माओवादी पक्ष मूलधारमा आएपछि भएको संविधानसभा निर्वाचनको नेतृत्व तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । उनलाई सुरक्षा निकायदेखि अन्तराष्ट्रिय पर्यवेक्षकले समेत तत्काल चुनाव गराउँदा कांग्रेस धुलिसात हुन्छ भन्ने रिपोर्ट दिएका हुन् । तैपनि कोइरालाले चुनाव गराई छाडे । नभन्दै कांग्रेस दोस्रो दल त्यो पनि माओवादी भन्दा धेरै तल पुग्यो । यस्तै पछिल्लो उदाहरणले पनि त्यसैलाई पुष्टि गरेको छ ।
पहिलो त ओलीले निर्वाचन गराउने नियतले प्रतिनिधिसभा विघटन गरेकै होइन । दोस्रो सर्वाेच्च अदालतले संसद पुनस्थापना नगरी सुखैछैन । यस्तो अवस्थामा कांग्रेस कुनै अलमल वा द्विविधामा बस्नै हुँदैन । जुनसुकै भएपनि स्पष्ट निर्णयका साथ हरेक अजेण्डाको नेतृत्व गर्न सक्षम हुनैपर्छ । नत्र यो देश कसैले नसोचेको अँध्यारो सुरुङमा पस्नेवाला छ । जसले सबैभन्दा बढी कांग्रेसका लागि घातक हुनेछ ।
०७४ मा भएको स्थानीय , प्रदेश र संसदीय निर्वाचन गर्ने दायित्व कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा थियो । उनले गराएको निर्वाचनमा कांग्रेस सबैतिर मरिच झैं चाउरियो । तर निर्वाचनमा भएको पराजयलाई कांग्रेसले सामान्य रुपमा लियो । तर बामपन्थीहरुको हातमा भएको कुनै पनि निर्वाचनले यस्तो सहजता दिएको छैन् । ०५४ सालमा भएको स्थानीय निर्वाचनका बेला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द भएपनि गृहमन्त्री बामदेव गौतम थिए ।
उनले स्थानीय निकायमा तत्कालिन एमाले जिताउन के कस्ता हतकण्डा प्रयोग गरे, सबैलाई ज्ञात भएकै हो । त्यसैले पनि बामपन्थीहरुले गर्ने निर्वाचनप्रति जनताको विश्वास र भरोशा रहने अवस्था छैन । तर कांग्रेस भने ओलीले आगामी वैशाखमा निर्वाचन गराउने र कांग्रेसले बहुमत पाउने आशामा बसेको जस्तो देखिन्छ । त्यो कुनै हालतमा सम्भव छैन ।
ओली विस्तारै हिन्दू धर्म र गणतन्त्रको मुद्धा उठाएर पूर्व राजावादीहरुको समर्थन लिन अग्रसर भइसकेका छन् । त्यसैले कांग्रेस बेलैमा एउटा कित्तामा उभिनैपर्छ । जुनसुकै अवस्थामा कांग्रेसले देशको नेतृत्व लिएन भने राजनीतिक रुपमा अकल्पनीय दुर्घटना हुने छ । त्यसको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसकै थाप्लोमा आउने छ । चेतना भया ।
किनभने नेकपा नेताहरु कतिखेर कुन मुद्धामा एकैथलोमा पुग्ने हुन् भन्न सकिन्न । पहिलो त ओलीले निर्वाचन गराउने नियतले प्रतिनिधिसभा विघटन गरेकै होइन । दोस्रो सर्वाेच्च अदालतले संसद पुनस्थापना नगरी सुखैछैन । यस्तो अवस्थामा कांग्रेस कुनै अलमल वा द्विविधामा बस्नै हुँदैन । जुनसुकै भएपनि स्पष्ट निर्णयका साथ हरेक अजेण्डाको नेतृत्व गर्न सक्षम हुनैपर्छ । नत्र यो देश कसैले नसोचेको अँध्यारो सुरुङमा पस्नेवाला छ । जसले सबैभन्दा बढी कांग्रेसका लागि घातक हुनेछ ।
किनभने उस्तै परे कांग्रेसबाहेस सबै राजनीतिक दल एकैथलोमा मोर्चाबन्दी गर्न तयार हुने छन् । प्रजातन्त्र त कांग्रेसको मात्रै अभिष्ट हो । अरुको त यो केवल साधन मात्र हो । त्यसको पूर्वाभ्यास ओलीले दिन थालिसकेका छन् । ओली विस्तारै हिन्दू धर्म र गणतन्त्रको मुद्धा उठाएर पूर्व राजावादीहरुको समर्थन लिन अग्रसर भइसकेका छन् । त्यसैले कांग्रेस बेलैमा एउटा कित्तामा उभिनैपर्छ । जुनसुकै अवस्थामा कांग्रेसले देशको नेतृत्व लिएन भने राजनीतिक रुपमा अकल्पनीय दुर्घटना हुने छ । त्यसको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसकै थाप्लोमा आउने छ । चेतना भया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार