पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्दै गाउँपालिका
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १८:४८:१५
२० माघ,गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।
निसीखोला गाउँपालिकाले पूर्वी रुकुम, रोल्पा, प्यूठानसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनका लागि गाउँपालिकाले योजना अगाडि ल्याएको निसीखोला गाउँपालिकाले जनाएको छ । प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरी, पूर्वी रुकुम र निसीको सिमानामा अवस्थित रिगताल, गाउँपालिका–३ मा रहेको नौ बहिनी छहरा, वडा नं ५ मा रहेको कोठेभिर, वडा नं ७ को नरसिंहकोट, वडा नं २ को अर्नाकोट, वडा नं ५ को निसेलढोरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना पहिचान गरेर पूर्वाधारसँगै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ ।
नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, नरसिंहकोट, अर्नाकोट, निसेल ढोरपाटन, रिगतालमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार पार्ने काम शुरु गरिसकेको गाउँपालिकाले जनाएको छ । वडा नं ७ मा रहेको नरसिंहकोटमा गाउँपालिकाले विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरेर पूर्वाधार निर्माण गरेको छ ।
गाउँपालिका तथा केन्द्र सरकारबाट विनियोजन भएको रकमबाट नरसिंहकोटमा रेलिङसहितको पदमार्ग निर्माण, शौचालय, धारोलगायतका पूर्वाधार निर्माण गरिएको छ । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये धेरैजसो स्थान मोटरबाटोले जोडिएको र केहीमा अझै पुगेको छैन । सबै ठाउँमा सडक सञ्जालले जोड्नका लागि गाउँपालिकाले सर्वे गरेको छ ।
गाउँपालिकाबीच भागबाट मध्यपहाडी लोकमार्गले चिरेर रुकुम जोडिएको हुँदा धेरैजसो पर्यटकीय क्षेत्र लोकमार्गदेखि नजिक छन् । ती धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको लागि गुरुयोजना तयार गर्ने काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
गुरुयोजना निर्माणपश्चात् पालिकाभित्र धेरै सम्भावना बोकेका पर्यटकीयस्थलको विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य समन्वय गरिरहेको छ । पालिकाभर धेरै मनमोहक र धार्मिक आस्था बोकेका स्थान तथा पर्यटकीय क्षेत्र रहेकाले पर्यटकीय सम्भावना देखाउन स्थानीयवासीलाई पनि जागरुक बनाइरहेको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्यटन प्रर्वद्धन तथा प्रचारका लागि रु पाँच लाख विनियोजन गरेको छ । प्यूठानको गौमुखी गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
बैशाख ६, २०८१ बिहिबार
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार