म्यानमारमा क्षेत्रीय मुख्यमन्त्रीहरु रिहा भए
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १९:२२:१९
२० माघ, एजेन्सी । म्यानमारमा क्षेत्रीय मुख्यमन्त्रीहरु रिहा भएका छन् । सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको हो । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् ।
सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरेको थियो । यस्तोमा मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका संसदीय प्रतिनिधिहरुलाई मंगलबार बिहान हिरासत मुक्त गरिएको सैनिक स्रोतले बताएको समाचारमा उल्लेख छ ।
सोमबार म्यानमारको सेनाले ‘कू’ गर्दै सरकार तथा संसद्का प्रतिनिधिहरुलाई हिरासतमा लिएको थियो । सेनाको यो कार्यको विश्वभर आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले गत नोभेम्बरमा भएको निर्वाचनको सम्मान गर्दै हिरासतमा लिएका सबै नेता तथा सरकार प्रतिनिधिहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार