गजेन्द्रनारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताः कोइलाडी फाइनलमा
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १९:३५:३२
१९ माघ, सप्तरी । तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको सोमबार सम्पन्न खेलमा वडा नं. ४ कोइलाडीले वडा नं. २ लौनियाँलाई ३० रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
यसैगरी दोस्रो खेलमा वडा नं. ३ सकरपुराले वडा नं. ७ मन्सापुरलाई ६५ रनले पराजित गरेको छ । बाक्लो कुहिरो लागेको हुँदा १३ ओभरमा छोट्याइएको पहिलो खेलमा टस जितेर ब्याटि· गर्दै कोइलाडीले निर्धारित १३ ओभरमा ७ विकेट गुमाई ७५ रन बनाएको थियो ।
जसमा जितेन्द्र पासमानले सार्वधिक १८, रिषभ सिंहले १३ तथा जुगनु मण्डलले १२ रनको योगदान दिएका थिए । लौनियाँका लागि दिनेश कुमार मण्डलले सर्वाधिक ३ विकेट, शिव सुन्दर मण्डलले २ तथा अजय मण्डल र दिलीप मण्डलले १/१ विकेट लिए ।
जितकोलागि ७६ रन पछ्याएको लौनियाँ १२ ओभर २ बलमा सबै विकेट गुमाई ४५ रन मात्र बनाउन सक्यो । लौनियाँका भगवानदेव मण्डलले अविजित रहँदै २५ रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
कोइलाडीकालागि जुगनु मण्डलले घातक बलि· गर्दै ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए भने जयराम मण्डलले २ तथा अक्षय मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटि· गरेको वडा नं. ३ सकरपुराले २० ओभरमा ६ विकेट गुमाई १३२ रन बनाएको थियो । जसमा अमित मण्डलले विष्फोटक ब्याटि· गर्दै ७ चौकाको मद्तले ४७ बलमा ६३ रन बनाएका थिए ।
यसैगरी प्रदीप मण्डलले २८ र अभय मण्डलले १३ रनको योगदान गरे । मन्सापुरकालागि सुबोध मण्डलले २ तथा अजय मरिक र धिरज मण्डलले १/१ विकेट लिए ।
जितको लागि १३३ रनको लक्ष्य पाएको मन्सापुरले १६ ओभर ४ बलमा सबै विकेट गुमाई ६७ रन मात्र बनाउन सक्यो । मन्सापुरका लागि रोशन मण्डल र महेश मण्डलले समान १६/१६ रन तथा उमेश मालीले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंक मा प्रवेश गर्न सकेनन् । सकरपुराकालागि श्यामदेव मण्डल र प्रदीप मण्डलले समान ३/३ विकेट लिए भने सुरज मण्डलले १ विकेट लिए ।
उक्त खेलमा सकरपुराका प्रदीप मण्डललाई गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले म्यान अफ द म्याच ट्रफी प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार वडा नं. ६ को. मधेपुरा र वडा नं. ८ तोपाबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. १ तिलाठी र वडा नं. ५ को. बर्साइनबीच हुने प्रतियोगिता संयोजक राजेश कुमार झाले बताए । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार