पत्रकार महासङ्घ पर्सा शाखाद्धारा दुई पत्रकार सम्मानीत
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २०:४५:२
२० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ ।
यादव र केशरी विगत लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रही पत्रकारिता क्षेत्रमा समर्पित रहेकाले उनीहरुलाई जनही रु २५ हजार, सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरेको छ । प्रत्येक वर्ष एक जना पत्रकारलाई सो पुरस्कार दिने प्रावधान रहेपनि यसवर्ष एकैपटक उक्त पुरस्कार यादव र केशरीलाई दिइएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महाङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहालले पुरुस्कृत पत्रकारद्वयलाई सो पुरस्कार प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानीत गरेका छन् । विसं २०६० तिर तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाह सत्तामा आए पनि वीरगञ्ज नगरपालिकाको प्रमुखमा गोपाल गिरीलाई मनोनीत गरेका थिए ।
गिरी प्रमुखमा मनोनीत भएको करीब छ महिनापछि तत्कालीन माओवादीले गिरीलाई बोलाएर वीरगञ्जको वाइपास सडकखण्डमा गोली हानी हत्या गरेका थिए । गिरीको सम्झनामा उनकी छोरी गिरिश गिरीले सो पुरस्कारको स्थापना गरेकी हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार