किन सर्याे प्रचण्डविरुद्ध मुद्धाको पेशी ?
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २३:०:५६
२० माघ, काठमाडाैं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलनाको मुद्धाको पेशी सरेको छ । मंगलबार न्यायाधीश डा.मनोज शर्माको एकल इजलासमा पेशी तोकिएपनि बेञ्च बस्न नपाएपछि पेशी सरेको हो । दाहालविरुद्ध अधिवक्ता समिर हायुले सोमबार अदालतको अवहेलनाको मुद्धा सर्वाेच्चमा दायर गरेका थिए ।
गत शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दा दाहालले भनेका थिए, ‘सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौँ । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालत नै ठूलो हो । सारा देशले सुने हुन्छ ।’
प्रधानमन्त्री केपी ओलीलगायत चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्धको अवेहलनाको मुद्दा पनि शर्माकै इजलासबाट सुनुवाइ भएको हो । शर्माको इजलासले प्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ उपस्थित हुन आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार