२७ वाणिज्य बैंकः कुनले कति दिदैछन बचतको ब्याज ?
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २३:५०:४८
१९ माघ, काठमाडौं । कोरोनाका कारण लामो समयसम्मको लकडाउन तथा निषेधाज्ञाले व्यापार व्यवसाय उद्योगधन्दा लगायत सम्रग बजार ठप्प भए । जसको असर बैंक तथा वित्त कम्पनीलाई पनि पर्याे । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर घटाइरहेका छन् । अधिकाशं बैंकले निक्षेपको न्यूनतम २ प्रतिशत देखि ४ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।
कुन बाणिज्य बैंकहरुले साधारण निक्षेप (बचत) खातामा कति व्याज दिइरहेका छन ।
नबिल बैंकले बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ । त्यस्तै, कृषि विकास बैंकले न्यूनतम ३.५० प्रतिशतदेखि ५ प्रतिशत, बैंक अफ काठमाण्डूले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशत, सिभिल बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छन ।
त्यस्तै, एभरेष्ट, हिमालयन, कुमारी, लक्ष्मी, माछापुच्छे«, मेगा, इन्भेष्टमेन्ट, प्रभु, सानिमा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड र ग्लोबल आईएमई बैंकले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छन् ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशत, नेपाल बैंक लिमिटेडले न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशत, नेपाल एसबीआई बैंकले न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३ प्रतिशत, एनआइसी एशिया बैंकले न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशत, एनएमबी बैंकले न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशत , प्राइम कर्मशियल बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशत र सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेका छन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार