राससको साधारणसभामा कर्मचारीका सन्तति सम्मानित
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २३:४९:५९
२० माघ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति रासस प्रतिष्ठान शाखाको वार्षिक साधारणसभाको अवसरमा संस्थामा कार्यरत पत्रकार एवं कर्मचारीका यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण सन्ततिलाई आज सम्मान गरिएको छ ।
सम्मानित हुनेमा कार्यकारी सम्पादक मनोज कार्कीका छोरा रणवीर कार्की, कार्यकारी सम्पादक सूुर्यचन्द्र बस्नेतकी छोरी इशुु बस्नेत, उपसमाचारदाता राजकुुमार पराजुुलीकी छोरी निर्जला पराजुली र कम्प्युुटर अपरेटर पूूर्णबहादुर कार्कीकी छोरी ब्रेन्जुु कार्की रहेका छन् । शाखाले केही वर्षदेखि प्रत्येक बर्ष असार १५ का दिन सन्तति सम्मानलगायत रचनात्मक कार्यक्रम गर्दै आएकामा यस वर्ष कोरोनाका कारण सम्मान कार्यक्रम आज आयोजना गरिएको हो ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रकाश थापाले उनीहरुलाई समारोहमा टीका, माला र प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । सो अवसरमा महाप्रबन्धक शर्माले महासङ्घ रासस शाखाले गर्ने रचनात्मक कार्यले संस्थाको सुदृढीकरणमा योगदान पुगेको बताएका छन् ।
महासङ्घका सचिव थापाले लोकतन्त्र र प्रजातन्त्रका लागि अग्रपङ्क्तिमा रही योगदान पुु¥याएका पत्रकार अहिले ठूूलो सङ्ख्यामा कोभिड–१९ पछि उत्पन्न परिस्थितिका कारण बेरोजगार भई अप्ठेरो परिस्थितिसँग जुुध्न परिरहेको हुुुँदा तिनको हकहितका लागि महासङ्घले विभिन्न पहल गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार