बिहिबार , फागुण १३, २०७७

कोरोना खोप लगाएका ३३ जनाकाे स्वास्थ्यमा समस्या

कोरोना खोप लगाएका ३३ जनाकाे स्वास्थ्यमा समस्या

२१ माघ, डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनका अनुसारखोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ ।

जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।”

जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सरकारले गैरआवासीय नेपालीलाई पनि अनअराइभल भिसा दिने सरकारले गैरआवासीय नेपालीलाई पनि अनअराइभल भिसा दिने ३ हप्ता पहिले
हुम्लाका किसान टर्कीको च्यान्दुलर ओखर खेतीमा आकर्षित हुम्लाका किसान टर्कीको च्यान्दुलर ओखर खेतीमा आकर्षित २ हप्ता पहिले
डब्लुएचओ टोलीको क्वारेन्टाइन अवधि अन्त्य डब्लुएचओ टोलीको क्वारेन्टाइन अवधि अन्त्य ४ हप्ता पहिले
इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड इन्भेष्टमेन्ट बैंकले निष्कासन गरेको ४० लाख कित्ता ऋणपत्र बाँडफाँड ३ दिन पहिले
वसन्तपञ्चमीले शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा मिलोस : राष्ट्रपति वसन्तपञ्चमीले शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा मिलोस : राष्ट्रपति १ हप्ता पहिले
ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु २ हप्ता पहिले
परालको थुप्रोभित्र लुकाएर राखिएको ४१ किलो गाँजा बरामद परालको थुप्रोभित्र लुकाएर राखिएको ४१ किलो गाँजा बरामद ३ हप्ता पहिले
गोठी गाउँमा भीषण आगलागी, तीन करोड भन्दा बढीको क्षति गोठी गाउँमा भीषण आगलागी, तीन करोड भन्दा बढीको क्षति ४ हप्ता पहिले