स्वास्थ्य सेवाबाट बञ्चित बन्दै डोल्पा बासी
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १६:२:४
२१ माघ,जाजरकोट । नेपालकै ठूलो जिल्ला डोल्पा अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी तीनवटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् ।
उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ । यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन् । उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ तर यहाँकै मानिसलाई भने सो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।
गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौँ रकम खर्च गरेर हेलिकोप्टरमार्फत चार्टर्ड गरेर देशका ठूला शहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्नु पीडा छ । एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् ।
अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो । यस्तै, एक जनामा एचआईभी र तीन जनामा हेपाटाइटिस सी भेटिएको थियो ।
उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको पाईन्छ । अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न सकेको छैन् । यो आर्थिक वर्षमा पनि रु २५ लाख शिविरका लागि छुट्याएको छ । अहिले हिमपात भएका कारण उक्त कार्यक्रम रोकिएको छ ।
स्थानीय तहले हेपाटाइटिस बी विरुद्ध केही पहल गरे पनि प्रदेश र सङ्घीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन् । पाँच महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् ।
प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाइ छ । प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन् । बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता रहेको छ ।
दिनप्रतिदिन ‘हेपाटाइटिस बी’को सङ्क्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत ग्रसित हुन थालेका छन् । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार
प्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार