ओलीको अर्को असंवैधानिक कदम : नेता सिंह
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १७:१८:२८
२१ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रुपमा संवैधानिक निकायमा गरिएको नियुक्ती प्रधानमन्त्री केपी ओलीको अर्को असंवैधानिक कदम भएको टिप्पणी गरेका छन् ।
संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा ‘म नै संविधान हूँ’ भन्ने दम्भ थप उजागर भएको पनि उनको भनाई छ ।
सामाजिक सञ्जालमार्फत नेता सिंहले प्रधानमन्त्री ओलीले कोरम नपुगेको संवैधानिक बैठकबाट गरिएको असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदमको जति निन्दा गरे पनि कम हुने टिप्पणी गरे ।
सात दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको पनि नेता सिंहको भनाई छ । अब पनि सचेत नहुने हो भने प्रधानमन्त्री ओलीका कारण देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने सिंहले ठोकुवा गरेका छन् ।
साथै नेता सिंहले संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नका लागि जागरुक हुन सबैलाई आग्रह समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार