आइतबार , असार ६, २०७८

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिने ?

मञ्जुश्री फाइनान्सको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिने ?

२१ माघ, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। फाइनान्सको ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो ऋणपत्रको नाम ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री खुला गरिएको हो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ। फाइनान्सले वार्षिक ९.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने जनाएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय