जेफ बेजोसले दिए अमेजनको सीईओबाट राजीनामा
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १८:४३:४६
२१ माघ, एजेन्सी । अमेजनका संस्थापक जेफ बेजोसले ईकमर्श जाइन्ट कम्पनी अमेजनको कार्यकारी प्रमुख पद सीईओबाट राजीनामा दिने भएका छन् । बेजोसले उक्त कम्पनी ३० वर्षअघि आफ्नो ग्यारेजबाट सुरु गरेका थिए ।
अमेजनको सीईओ पदबाट राजीनामा दिएपछि आफूले अन्य भेन्चरमा समय र उर्जा खर्च गर्न पाउने उनले बताएका छन् । बेजोसको राजीनामापछि अमेजनको सीईओ पदमा अमेजनकै क्लाउड कम्प्युटिङ विजनेसका प्रमुख एन्डी ज्यास्सी आसिन हुनेछन ।
अमेजनका कर्मचारीहरुलाई मंगलबार पत्र लेख्दै बेजोसले भनेका छन्, ‘अमेजनको सीईओ हुनु भनेको एकदमै भारी उत्तरदायित्व लिनु र समय धेरै खर्चिनु हो । जब तपाईको काँधमा यस्तो किसिमको जिम्मेवारी आइपर्छ, तब अरु कुरामा ध्यान दिन सम्भव नै हुन्न ।’
पूर्व कार्यकारी प्रमुखको रुपमा आफू अमेजनका अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने उनले बताए । अमेजनबाट बिदा लिएपछि डे वान फण्ड, द बेजोस अर्थ फण्ड, ब्ल्यु ओरिजिन, वासिङटन पोस्ट र आफ्ना अन्य प्यासनमा केन्द्रित रहेर काम गर्ने बताएका छन् । ५७ वर्षे बेजोसले १९९४ मा अनलाइन बुकस्टोरबाट अमेजन सुरु गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार