सर्वसाधारणका लागि खुला गरिदै बङ्गला क्षेत्र
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १८:५२:२४
२१ माघ,चितवन । ऐतिहासिक महत्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ । नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सोे बङ्गलालाई पर्यटकीयस्थलका रुपमा प्रर्वद्धन गर्ने निर्णय गरेको हो ।
नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ ।
हाल बङ्गला क्षेत्रका भवनहरु मर्मतसम्भार र रङरोगन गरेर आवश्यक अस्थायी संरचना निर्माण गरी पर्यटन प्रर्वद्धन गर्न बङ्गला खुला गरिँदैछ ।
जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजीकैको सो बङ्गला जङ्गलभित्र एकान्तमा छ । उक्त दरबार यतिबेला हेरचाह र प्रयोगविहीन भएकाले ओझेलमा परेको छ । विसं २०२६ मा निर्मित सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो । राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गथ्र्यो । त्यसो त राजा महेन्द्रको निधन यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्व बढी भएको हो ।
पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बीर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ ।
दरबारमा पाँचवटा खोपी बेडरुम छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ । छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ । त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ ।
५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ । चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
मनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार