तीन वर्षपछि अक्करे भिरमा मोटर सरर
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २०:९:५६
२१ माघ,बेनी । रघुगङ्गा गाउँपालिका–७ गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै सवारी साधन जान थालेको छ । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्र्याक निर्माणले करीब तीन वर्षको प्रयासपछि माघ पहिलो साता मात्रै पूर्णता पाएको हो ।
मानिस हिँड्नसमेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा सडक निर्माण भएपछि रघुगङ्गा गाउँपालिका–४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमङ्गले क्षेत्रका सयौँ घरधुरी लाभान्वित भएका छन् । तत्कालै सडकको ट्र्याक निर्माण होला भन्ने नलागे पनि अहिले आफू नै गाडी चढेर आवतजावत गर्न पाउँदा अत्यन्तै खुशी लागेको स्थानिय बासी बताउछन् ।
यसअघि घुमाउरो बाटो भएर करीब एक दशकअघि नै बेनीदेखि बेग हुँदै चिमखोला पु¥याइएको सडक घ्यासीखर्कसम्म निर्माण गरिसकिएको थियो । तीन वर्षदेखि चिमखोलाबाट दर्मिजा हुँदै अजिङ्गर भिरतर्फ सडकको ट्र्याक खोल्न शुरु गरेको थियो । दुवैतर्फबाट खन्न थालेको सडकको ट्र्याक जोडिएसँगै अक्करे पहाड ‘अजिङ्गर भिर’ भएर सवारी साधन ओहोरदोहोर गर्न शुरु गरेका छन् ।
दैनिकरुपमा जीप, बोलेरो, ट्र्याक्टर, मोटरसाइकल आवतजावत गर्ने थालेसँगै दुर्गम बस्तीका रुपमा रहेका चिमखोला र कुइनेमङ्गले क्षेत्रका नागरिकले राहतको महसुस गरेका छन् । वर्षौंदेखि रोकिएको अजिङ्गर भिरको कडा चट्टान भएको पहाडमा गत वर्षदेखि सडक खन्ने काम शुरु भएको थियो । गत वर्ष विस्फोटक पदार्थको बन्दोबस्त मिलाउन ढिलाइ भएका कारण रोकिएको काम यो वर्ष स्रोत, साधन र जनशक्ति जुटाएर भिरमा सडक निर्माण गरिएको छ ।
गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेको सडक अक्करे पहाडका कारण अघि बढ्न सकेको थिएन । विगतका वर्षमा दग्नामदेखि चिमखोला जोड्ने सडकमा स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारको समेत साझेदारी भए पनि यस वर्ष मुख्य भिर छिचोल्ने योजनामा गाउँपालिका र जलविद्युत् निर्माण कम्पनी तुँदी पावर कम्पनीले सहकार्य गरेका हुन् । घुमाउरो बाटोबाट ६ घण्टा लाग्ने यात्रा अब तीन घण्टामै पार गर्न सकिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार