माघ २३ गते जनसभा : तयारीमा २१ जनसंगठन परिचालन
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २०:४५:३२
२१ माघ,काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौंमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौंमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसंगठनलाई परिचालन गरेको हो ।
ती सङ्गठनको केन्द्रीय नेतृत्वले सभामा उपस्थिति बढाउन र प्रचारप्रसार गर्न आफ्नातर्फबाट कार्ययोजना बनाई व्यवस्थितरुपमा काम शुरु गरेका छन् । सङ्गठनले सो दिन काठमाडौंका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने बताएको छ ।
हाल नेकपाका २१ जनसङ्गठन छन् । ती सङ्गठनमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठन, युवा सङ्घ नेपाल, अखिल नेपाल महिला सङ्घ, ट्रेड युनियन महासंघ नेपाल, नेपाल बुद्धिजीवी सङ्गठन, प्रेस सङ्गठन नेपाल, पेशागत महासङ्घ नेपाल, जनसांस्कृतिक महासङ्घ नेपाल, नेपाल मुस्लिम सङ्गठन, नेपाल दलित मुक्ति सङ्गठन, आदिवासी जनजाति महासङ्घ, खेलकूद महासंघ नेपाल, उद्योग व्यवसायी महासङ्घ, प्रवासी नेपाली मञ्च भारत, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, मानवअधिकार तथा सामाजिक अभियान नेपाल, नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठन छन् ।
काठमाडौंको ट्राफिक आवागमनलाई सहजतासमेत तुल्याउन आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ । सभामा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।
सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएपछि नेकपाले चुनाव केन्द्रित गतिविधि अघि बढाएको हो । सो विषय हाल सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ भने निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार