बिहिबार , फागुण २०, २०७७

ट्राफिक उल्लंघनको जरिवाना अबदेखि कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने

ट्राफिक उल्लंघनको जरिवाना अबदेखि कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने

२१ माघ, काठमाडौं । ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि कनेक्ट आईपीएसबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कनेक्ट आईपीएस बाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

आज महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यक्रम आयोजना गर्दै ट्राफिक नियम उल्लङ्गन गरे बापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकम अब कनेक्टआइपीएस मार्फत तिर्न सकिने जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय