नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २१:३:२६
२१ माघ, ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताए ।
उनले भने, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछाैँ, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछाैँ ।” कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा गोललले जानकारी गराए ।
प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिनुभएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे। उनले भने, “खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ, जो व्यक्तिमा खोपको असर देखिन्छ, उनीहरुलाई खोपले काम गरेको बुझिन्छ ।” कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा बुढाथोकीले सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार