राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २१:१७:१७
२१ माघ, कञ्चनपुर । दुई दशक अघिदेखिको लामो सङ्घर्षपछि अलग्गै आदिवासी जनजातिको पहिचान पाएका कैलाली र कञ्चनपुरका राना थारु समुदायले अधिकारको लडाइँ अगाडि बढाउने भएका छन् । छुट्टै आदिवासी जनजातिको सूचीमा सूचीकृत भएका राना थारु समुदायले राज्यका हरेक क्षेत्रमा पहुँच पुर्याउन सरकारसँग माग गरेका छन् । सूचीकृत भएर मात्रै नपुग्ने भएकाले हरेक क्षेत्रमा आरक्षण दिइनुपर्ने राना थारु समुदायका अगुवाको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारु समुदायको पहुँच पुर्याउनुपर्ने नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए । राना थारु सूचीकृत भएको अवसरमा कञ्चनपुरको कृष्णपुरमा आयोजित प्रथम राना थारू सूचीकृत दिवसका अवसरमा बोल्दै उनले राना थारूका लागि आरक्षण कोटा र विभिन्न आन्दोलनमा ज्यान गुमाएका राना थारू समुदायका व्यक्तिलाई शहीद घोषणा गरिनुपर्ने बताए ।
सूचीकृतपछि भाषा सूचीकरणसँगै शब्दकोष निर्माण र ब्याकरण निर्माणको कार्य अगाडि बढाइएको उनले बताए । “आउँदो जनगणनामा छुट्टै रुपमा राना थारु समुदायको जनगणना हुने भएको छ, यो उपलब्धि हो”, उनले भने, “अन्य क्षेत्रमा समेत पहुँच पुग्नुपर्दछ ।”
गत वर्ष माघ २० गते सरकारले रानाथारु समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेपछि पहिलो पटक दिवश मनाइएको हो । कार्यक्रममा बोल्दै विघटित प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले लामो सङ्घर्ष र बलिदानबाट रानाथारू समुदाय आदिवासी जनजातिका रूपमा अलग्गै सूचीकृत भएको बताए ।
“सूचीकृतका रुपमा अधिकारको लडाइँ लड्ने हतियार पाएका छौं”, उनले भने, “रोजगारी र आरक्षणको लडाइँका लागि सबैको एकताबद्धताको खाँचो छ, यसका लागि सबैको प्रतिबद्धताको आवश्यकता छ ।”
सुदूरपश्चिम प्रदेशसभा सदस्य श्यामलाल रानाले जातीय पहिचान जोगाउने संस्कृति संरक्षणको कार्य अगाडि बढाइनुपर्ने बताए । राना थारु समुदायको पहिचानको मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक र शैक्षिक क्षेत्रमा पहुँच पुग्नुपर्ने उनले बताए ।
यी मुद्दालाई निष्कर्षमा पुर्याउनका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर कार्य गर्नुपर्ने उनको भनाइ छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले भाषा जोगाए मात्रै पहिचान जोगिने भएकाले राना थारु समुदायको भाषालाई लिपिबद्ध गर्नका लागि नगरपालिकाबाट बजेटको व्यवस्था मिलाइएको बताए । बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि कार्य अगाडि बढाइएको उनले बताए ।
नगर उपप्रमुख रमिता राना बडायकले राजनीतिक क्षेत्रमा लाग्ने अगुवा हराउँदै जान थालेकाले खोज्नुपर्ने बेला आएको बताउनुभयो । शहीद भीमदत्त पन्तसँगै किसान आन्दोलनमा ज्यान गुमाएका कैदु राना र साधु राना, नन्दलाल रानालाई शहीद घोषणा गर्न माग गरिएको छ । यसैगरी दश वर्षे जनयुद्धमा राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा सहभागी भई ज्यान गुमाएका विलाप राना, सुरेश राना, हापु राना, सर्जुन राना, गन्नु राना, दल्ला राना, कल्लु राना, फुल्टु राना, अनिता राना, लोहरा राना, देशराज राना र मङ्गल रानालाई समेत शहीद घोषण गर्न माग गरिएको छ ।
विसं २०६२/६३ को जनआन्दोलनमा ज्यान गुमाएका होरिलाल रानालाई यसअघि नै सरकारले शहीद घोषणा गरिसकेको छ । कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजार बढी राना थारु समुदायको जनसङ्ख्या छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार