तरकारी खेतीमा जमेका फरक क्षमताका खत्री
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २२:९:२९
२१ माघ,दुल्लू । शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्दैनन् । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका थिएनन् । अन्य मानिस सरह नै हिँडडुल गर्दथे । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भएका हुन् ।
सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बनेका थिए । छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन । छोराको हाडजोर्नीमा समस्या छ । चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन । सधैं काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।
चक्रबहादुरले भने हिम्मत हारेनन् । तरकारी फलाएर पैसा कमाउने सोच बनाए । तरकारी खेतीतिर लागे । सोचलाई शक्तिमा बदले । फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिएका छन् ।
खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ । उनको बारीमा आजभोलि गोलभेंडाको एउटै बोटमा लटरम्म दाना फलेका छन् । गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उनको । गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ ।
गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक रु तीन लाख आम्दानी गर्दछन् । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उनले बताए । मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पालेका छन् ।
खत्रीले चार रोपनीमा तरकारी खेती गरेका छन् । उनको बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाएका छन् । तरकारीले बारीका गह्रा हराभरा देखिएका छन् । फरक क्षमताका कृषक खत्री अधिकांश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्दछन् । स्वदेशमा पसिना बगाए सुन फल्ने उजको भनाइ छ । स्वदेशमा पैसा छैन भनेर विदेशमा भौंतारिने युवा अल्छी भएर विदेशिएको उनी बताउछन् ।
खत्रीले १५ वर्षअघि कृषि कार्यालयबाट लिएको रु ४० हजारको अनुदानबाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट सहयोग लिएका छैनन् । गत वर्ष वडा कार्यालयले पोलिहाउस बनाउन दिएको प्लास्टिक एक पटकको तरकारी उत्पादन नहुँदै च्यातियो । उनी उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार