आज विश्व क्यान्सर दिवस मनाइँदै
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १४:१४:१६
२२ माघ, काठमाडाैं । क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्व क्यान्सर दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।
अध्ययनहरुकाअनुसार क्यान्सरका कारण ज्यान गुमाएकामध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, जाँडरक्सी पिएर र नियमित व्यायामको कमीले हुने रोग र सङ्क्रमणका कारणले क्यान्सर हुने गरेको छ । बाँकी क्यान्सरका कारणहरुमा विकीकरण र विभिन्न संक्रमणहरु पनि रहेका छन् ।
विकासोन्मुख देशहरुमा भने हेपाटाइटिस बी, सी, ह्यूमन प्यापीलोमालगायत भाइरसले पनि क्यान्सर हुने गरेको छ । यस्तै ५ देखि १० प्रतिशतसम्म पुस्तैनी रुपमा आनुवांशिक क्यान्सर हुने गर्छ ।
सुर्तीजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारी खाने बानी गरेर र घामबाट बचेर क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने डाक्टरको भनाइ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ मुख्य प्रायोजन
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार