मध्यविन्दुले बेरोजगार युवालाई तीन कराेड सहुलियत ऋण दिने
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १८:३७:२५
२२ माघ, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने भएको छ । यूवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने गरी मध्यविन्दु नगरपालिका र कृषि विकास बैंकबीच बुधबार सम्झौता भएको हो ।
वैदेशिक रोजगारबाट फर्किएका युवा तथा गाउँका अन्य बेरोजगार युवालाई स्वरोजगार बनाउने कार्यक्रम अन्तर्गत नगरपालिकाले एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटमा बैंकले समेत एक करोड ५० लाख थप गर्दै तीन करोड ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।
सो द्विपक्षीय सम्झौतामा नगरपालिकाको तर्फबाट नगरप्रमुख चन्द्रबहादुर राना, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा तथा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक रघुनाथ न्यौपाने र कावासोती शाखा प्रमुख भुवनेश्वर पाण्डेले हस्ताक्षर गरेका हुन । उक्त सम्झौताका अनुसार बैंकले सहुलियत दरमा युवालाई ऋण प्रवाह गर्ने नगरप्रमुख रानाले बताए । उनका अनुसार बैंकले पुरुषका लागि साढे तीन प्रतिशत र महिलाका लागि दुई प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ ।
वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई कार्यक्रममार्फत सहुलियतदरमा ऋण उपलब्ध गराउन सिफारिस गरिने छ । उद्यमी बन्न चाहने बेरोजगार युवाले रु ५० हजारदेखि रु १५ लाखसम्म ऋण पाउने र सो ऋण पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने छ । “पाँच वर्षभित्र ऋण चुक्ता गर्ने गरी युवाहरुसँग सम्झौता गरेर ऋण प्रवाह गराउने तयारी गरेका छौँ”, नगरप्रमुख रानाले भने, “आवश्यकतानुसार ऋण चुक्ता गर्नुपर्ने मिति थप हुन पनि सक्छ ।”
आफ्नै गाउँमा केही उद्यम गर्न चाहने युवालाई उपलब्ध गराइने सहुलियत दरको ऋण फलदायी हुने प्रबन्धक न्यौपानेले जानकारी दिए । सहुलियत कर्जा लिएर नतिर्ने प्रवृत्ति रोक्नका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढिएको उनको भनाइ छ । ‘वैदेशिक फिर्ती युवा स्वरोजगार कार्यक्रम’ नामाकरण गरिए पनि यो योजनामार्फत विदेश नगएका वा जान नचाहने युवालाई पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र करिब तीन हजार युवा बेरोजगार रहेको बताइएको छ ।“नगरभित्र तीन हजार युवा बेरोजगार रहेको तथ्याङ्क हामीसमक्ष आएको छ”, नगरप्रमुख रानाले भने, “हामीलाई उपलब्ध भएको तथ्याङ्क नै बेरोजगार युवाको सङ्ख्या हो भनेर भन्न सकिने अवस्था चाहिँ छैन ।” युवालाई ऋण प्रवाह गर्ने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार