आलुले बजार पाउन थालेपछि किसान निकै खुशी
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार १९:१७:२८
२२ माघ, दार्चुला । गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् ।
बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।
आलु नगदेबाली भएको कारण उत्पादनअनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् । विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् । दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने चार हजार ६९४ दशमलव नौ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको छ भने तीन हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताए।
कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा चार हजार ७२१ मेट्रिक टन आलु उत्पादन भएको पन्तले जनाए। किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नं ६ अन्तर्गतपर्ने ग्वानी क्षेत्रमा चक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजना अघि सारेपछि जिल्लाका नौवटै स्थानीय तहका किसान यतिबेला उत्साहित भएका छन् । ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षे आलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव छ मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको छ । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिए ।
आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा आलुको बीउ वितरणका साथै प्राविधिक सहयोग गर्दै आएको छ भने स्थानीय तहहरुले आलु उत्पादनमा जोड दिएका छन् । व्यासका कृषि प्राविधिक विश्वेश्वरप्रसाद बडुले भने हामीले हरेक वर्ष आलु पकेट क्षेत्र बनाएर कृषकलाई अनुदान सहयोग गरेको र अहिले व्यासमा आलु उत्पादनमा वृद्धि हुँदै गएको बताए ।
वर्षेतर्फ जिल्लाको अपिहिमाल, व्याँस, नौगाड तथा मार्मा गाउँपालिका आलु उत्पादनका लागि राम्रो क्षेत्र मानिएको छ भने हिउँदेतर्फ जिल्लाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका तथा लेकम गाउँपालिकामा आलु उत्पादनमा राम्रो मानिन्छ । हिउँदे बाली लगाउँदा जङ्गली जनावरले नष्ट गर्ने हुँदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६ मिलमिलीका कृषकले अन्य बाली लगाउन छाडेर आलुखेतीतर्फ लागेका छन् ।
गहुँबाली लगाउने करिब ३ रोपनीमा आलुखेती गरेको मिलमिलीका स्थानीय कमलसिह धामीले जानकारी दिए । अहिले आलुको बजार पनि पाइन थालेपछि किसान खुशी छन् । नौगाड गाउँपालिका–२ का धनसिंह सितोलीले हरेक वर्ष आलुखेती बढाउँदै लगेका छन् । सडक सञ्जालले छोएको खार क्षेत्रमा आलु उत्पादन पनि राम्रो हुने र बजार पनि पाइन थालेपछि आलु उत्पादन बढेको हो । आलु उत्पादन बढाउन गाउँपालिका, प्रदेश सरकार सङ्घीय सरकार र कृषि कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग पाइने भएपछि आलुखेती बढाइएको छ । बन्दाबन्दीको समयमा दार्चुलाको स्थानीय आलु प्रतिकिलो रु ५० देखि ७० मा बिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार