
२२ माघ, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक तत्काल बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पौडेलले संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा असंवैधानिक नियुक्ति भएको पनि बताएका छन् । ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेकाे उनकाे भनाई छ ।
संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’
प्रतिक्रिया