सडक विस्तारको लागि भौतिक संरचना भत्काइँदै
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार २१:४:२४
२२ माघ, काठमाडौं । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् ।
जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजार वासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा भत्काउन थालेका छन् । बजारको दीर्घकालका लागि आफूले निर्माण गरेका संरचना भत्काउन तयार रहेको स्थानीयवासी मुनबहादुर बुढाले बताए ।
सडक चौडा गर्नका लागि राजमार्गमा निर्माण भएका संचरनालाई भत्काउने जानकारी दिएपछि स्थानीयवासीले आफ्नो घरटहरा भत्काउन सहमत भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए । जुम्ला, कालिकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार भएकाले यहाँको विकास अनिवार्य छ । सो बजारको दीर्घकालीन विकासका लागि चौडा सडक बनाउन थालिएको हो ।
सडक डिभिजन प्रमुख भण्डारीले भने, ‘यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम कम गर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो ।’
सडक चौडा बनाउन कालिकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमतिअनुसार स्थानीयवासी आफ्ना घरटहरा भत्काउन राजी भएका हुन् ।
सडकको मध्यभागदेखि साढे सात/सात मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको डिभिजन प्रमुख भण्डारीले जानकारी दिए ।
उनले भने, ‘कालिकोटको तिलागुफा नगरपालिका–१ मा पर्ने तीन जिल्ला जोड्ने केन्द्रविन्दु नाग्मबजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो । कर्णाली राजमार्गको कालिकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रविन्दु पनि नाग्मबजार नै हो । यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हँदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मवासीले आफैँले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।’
भौतिक संरचना भत्काइसकेपछि ३०० मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्र गर्ने तयारी शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो बजारको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट रु एक करोड १७ लाख बजेट विनियोजन भएको छ । सडकको एक साइडमा ढल निकासका लागि नाला पनि निर्माण गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार