३१ प्रहरी अधिकृतले लगाए आईजीपीबाट फुली
नेपालबहस संवाददाता
माघ २२, २०७७ शुक्रबार ०:२१:४९
२२ माघ, काठमाडौं । नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार जनपद तथा प्राविधिक प्रहरीतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ जना प्रहरी अधिकृतहरुले आज फुली लगाएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह (फुली) द्वारा सुशोभन गरेका हुन् ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृतहरु रहेका छन् ।
साथै सोही मितिको निर्णय अनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १ जना एसपी भुवनेश्वर तिवारी हाल सुडान डार्फरस्थित एफपीयु मिसनमा कार्यरत रहेकोले उनी फर्किएपछि मात्र फुली लगाउने छन् ।
सो समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिए । नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचरण एवं व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए । संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारीहरु पदीय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ऋषिराम कंडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एेक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार