जापानमा अपराधका घटनामा लगातार गिरावट
नेपालबहस संवाददाता
माघ २२, २०७७ शुक्रबार ३:५५:५२
२२ माघ, टोकियो । सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ । कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष गरी सडक अपराधमा उल्लेख्य न्यूनता आएको राष्ट्रिय प्रहरी मुख्यालय ‘एनपीए’ ले बिहीबार सार्वजनिक एक रिपोर्ट मा उल्लेख छ ।
एनपीएको पछिल्लो तथ्याङ्कले घरेलु हिंसा र साइबर अपराधसँग सम्बन्धित परामर्श संख्याको विवरण अध्ययनको अवधिमा उच्च रहेको देखाएको छ । जापानमा सन् २०२० मा सम्पूर्ण खालका अपराधको सङ्ख्यामा सन् २०१९ को तुलनामा १७ प्रतिशतको गिरावट देखिएको एनपीएको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा जापानमा कूल छ लाख १४ हजार ३०३ घटना दर्ता भएका जापानी प्रहरीले बताएको छ ।
तथ्याङ्क अनुसार जापानमा सन् २००२ मा अपराधका घटनामा दोस्रो विश्वयुद्धपछि उच्च सङ्ख्या अर्थात् २८ लाख ५३ हजार ७३९ घटना रेकर्ड भएका थिए । जापानमा महामारीका कारण सामाजिक गतिविधिमा आएको कमी पनि अपराधका सङ्ख्या कम हुनुको प्रमुख कारण हुनसक्ने पनि बताइएको छ ।
अपराध कमी हुनुमा महामारीका समय घर र निश्चित समाजमा सीमित बनेका मानिसहरूबीच भएका कतिपय घटनाहरू लुकेको हुनसक्ने र ती घटना महामारीका समय पीडितहरूसँग परामर्श गर्नका लागि भएका कठिनाईका कारण लुकेको हुनसक्ने सरकारी तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार