डा. शेखर कोइरालाको नेतृत्वमा गोलबद्ध बनौं
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार ११:४५:८
प्रधानमन्त्री केपी शर्मा ओलीका वर्तमानका कृयाकलापहरुले पञ्चायतको पुनरागमनको झल्को दिईरहेको छ । आफ्नो दलभित्र सामान्य बहुमत समेत पुर्याउन नसकेर झस्केलाबाट भागेको वर्तमान सरकार धुरी चढ्न पाँए भनेर हौसिरहेको छ ।
सन्तान दरसन्तानका लागि भनेर नेपाली जनताले आफ्नो ज्यानको बाजी थापेर, हजारौं नेपालीको सहादत र लाखौं जनताकाे संघर्षमय जीवनको प्रतिफलका रुपमा प्राप्त जनताको लोकतान्त्रिक राजनीतिक व्यवस्थासमेत वर्तमान कामचलाउ प्रधानमन्त्रीका कारण धरापमा पर्नसक्ने अनुमान बजारमा आउन थालिसकेका छन् ।
नेपाल आफैंमा स्वर्गको टुक्रा हो, जहाँको हिमालमा उभिएर, पहाडलाई नियाल्दै समथर तराईमा उत्पादित वस्तुहरुको उपयोग गर्न सकिन्छ । भौगोलिक र प्राकृतिक सौन्दर्यताको खानी नेपाल आमाका काखमा मनाईने हजारौं पर्व र सांस्कृतिक परम्पराहरुको अनुपम उदाहरण यो देशमा बाहेक विश्वका अन्य कुनै पनि देशमा देख्न पाईदैन ।
प्राकृतिक रुपमा देश धनी तर आर्थिक रुपमा बहुसंख्यक जनता गरिब हुनु यो देशको बिडम्वना हो । देशको नेतृत्व खराव मानिसका हातमा पर्दा देश र जनताले कतिसम्म सास्ती भोग्नु पर्ने रहेछ भन्ने कुरासमेत नेपाली जनताले देखिसकेका छन् । असल नेतृत्वका हातमा देश जान सक्ने हो भने मुलुकबाट आधा भ्रष्टाचार र बेथिति निर्मुल भएर जान्छन् भन्ने कुरा बुझ्न नसकि फटाहा, जाली, गफाडी, उखाने र अवसरवादी ब्यक्तिहरुलाई जनताले पटकपटक धोका खाँदा पनि चेत्न र चिन्न नसकेर पुनः नेतृत्वमा राखिरहनु नै नेपालको उन्नति र प्रगतिको बाधक हो भन्ने कुरा पनि अब तमाम नेपाली जनताले बुझ्न जरुरी छ ।
मुलुक अहिले संसदविहिन अवस्थामा छ । सरकार चुनाव गराउँछु भन्दै हिँडिरहेको छ । घाटमा पुर्याईएको संसदलाई संजीवनी खुवाउन उता अदालतमा न्यायमुर्तिहरु लागि परेका छन् । तर बहुलठ्ठीपनका सन्काहा प्रधानमन्त्रीले गरेको गल्ती सच्याउन समेत अदालत डराईरहेको जस्तो देखिँदैछ ।
यता सरकारका पक्षमा वकालत गर्ने वकिलहरुको अभाव पुर्ति गर्न सरकारले राजा आउ देश बचाउ भन्दै सडक विभागको जिम्मेवारी लिएर हिँडेका राजाका खेतालाहरुको आश्रय मात्रै लिईरहेको छैन्, सिङ्गो लोकतान्त्रिक व्यवस्थासँग सौदावाजी समेत गरिरहेको छ । सरकारमा संसद बिघटन पछिका पछिल्ला क्रियाकलापहरु र प्रधानमन्त्रीका पछिल्ला अभिब्यक्तिहरुले मुलक फेरि पञ्चायती व्यवस्थातर्फ उन्मुख हुन खोजिरहेको त छैन ? भन्ने आशंकाहरु समेत जन्माईरहेको छ ।
प्रधानमन्त्री कसैको दवावमा छैनन्, कसैलाई चित्त बुझाएर सरकार चलाउनु पर्ने अवस्थामा पनि छैनन् तर उनमा देखिएको क्षणिक सत्ताको यो उन्माद हेर्न र सुन्न सकिने हदसमेत पार गरिसकेको देखिदैछ । आफ्ना अगाडि उभिएका नेपाली नागरिकलाई यन्त्रजडित ओली गुटका कम्युनिष्ट कार्यकर्ताहरु मात्रै देख्ने प्रधानमन्त्री ओलीको दृष्टिभ्रमले निकट भविष्यमै उनलाई नराम्रो गरि थप्पड हान्ने अवस्था सृजना भैरहेको छ ।
यसबाट नेपालमा राजावादी हौ भनेर आफुलाई हिन्दुवादी भन्नेहरुको वास्तविक अनुहार पनि छर्लङ्ग बाहिरै देखिएको छ । विधानत कामचलाउ प्रधानमन्त्री भैसकेकेका ओलीले गरेको सामान्य नियुक्ति त बदर हुने अवस्थामा सिङ्गो राजसंस्था व्युउँताउने र हिन्दुराष्ट्र घोषणा गरिदिने अनि आफु तर खान पाउने दरिद्र मानसिकताले राजावादी भनाउँदा नाटकारहरुको नलीखुट्टा कत्तिको दर्विलो रहेछ भनेर पनि नेपालीलाई बुझ्न कठिन परेन ।
ओलीका बतासे कुरामा र्याल काढनेहरुलाई पनि ओलीले प्रचण्ड–माधवलाई झै परालमा सुताउने भने निश्चित छ । एकातिर बैशाखमा जसरी पनि निर्वाचन गराउँछु भन्ने र अर्कोतर्फ राजसंस्था नै फर्काउछु भन्ने नेपालको राजनीतिमा सधैं दोहोरो भुमिकामा देखिने ओलीको लालीपपमा फस्ने र ओलीका अघिपछि बस्नेहरुले समेत आफ्नो कद निरन्तर रुपमा घटाईरहेका छन् ।
अहिले नेकपाले विधिवत रुपमा दुईवटा पार्टीको रुपमा बैधानिकता पाएको अवस्था छैन् । नेपालको सिङ्गो कम्युनिष्ट पार्टी अहिले ओली समुह र प्रचण्ड–माधव समुहमा सिमित रहेका छन् । बहुदलिय लोकतान्त्रिक व्यवस्थामा कुनै पनि व्यक्तिवादी समुहले मुलुक सञ्चालन गरेको संभवत यो नै पहिलो दृष्टान्त हुनसक्छ । नेपाली जनताको अपार माया र विश्वासलाई आत्मसात गर्न नसकी पैतालाले टेकेर नितान्त व्यक्तिगत स्वार्थसिद्ध गर्न चोईटिएका कम्युनिष्टहरूबाट सिङ्गो अवस्थामा रहेका कम्युनिस्टहरु भन्दा बढी खतरनाक सिद्ध हुने कुरा अब कसैले नकार्छ भने त्यो उसको महान भूल हुनेछ ।
अहिले देशका प्रधानमन्त्री कसैको दवावमा छैनन्, कसैलाई चित्त बुझाएर सरकार चलाउनु पर्ने अवस्थामा पनि छैनन् तर उनमा देखिएको क्षणिक सत्ताको यो उन्माद हेर्न र सुन्न सकिने हदसमेत पार गरिसकेको देखिदैछ । आफ्ना अगाडि उभिएका नेपाली नागरिकलाई यन्त्रजडित ओली गुटका कम्युनिष्ट कार्यकर्ताहरु मात्रै देख्ने प्रधानमन्त्री ओलीको दृष्टिभ्रमले निकट भविष्यमै उनलाई नराम्रो गरि थप्पड हान्ने अवस्था सृजना भैरहेको छ ।
मुलुकले दिगो सरकार पाएको, जनताले अत्यन्तै भरोसा गरेर आफ्नो अमुल्य भोट लगाएको आफ्नै नेताहरुको यो बौलाहापनले जनतामा कम्युनिष्ट पार्टीहरुप्रति जनताको भरोसा विस्तारै हटदै र घटदै गैरहेको छ । देशकै ठुलो लोकतान्त्रिक पार्टी भनेर चिनिएको नेपाली कांग्रेसले पनि वर्तमान सरकारको कामलाई अलोकतान्त्रिक भनिसकेको छ । यसैले बेला छँदै बुद्धि पुर्याउन सकिएन भने मुलुकबाट छिट्टै नै लोकतन्त्र लोप भएर जाने र यसको ठाउँमा ओलीतन्त्रसहितको वहिर्गमित व्यवस्थाले टाउको उठाउन सक्ने कुरालाई बेलैमा बुझेर नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाको लागि अब राजधानी छोड्ने कि राजधानी घेर्ने ? छिट्टै निर्णय लिनु पर्ने देखिन्छ ।
अवसरवादी कम्युनिस्टदेखि देशमा व्याप्त गरिवी र भोकमरीका बिरुद्धमा लडौं । देशलाई भ्रष्टाचार मुक्त देश बनाऔं, लोकतन्त्रका पक्षमा आफ्नो धारणा अझ सशक्त बनाऔं । फालिएका कसिङ्गर खोज्न कन्टेनरतर्फ बढेका आफ्ना कदमहरुलाई रोकौं ।
वर्तमान नेपालमा क्रियाशिल राजनीतिक दलका नेताहरुले कुनै पनि राजनीतिक आन्दोलनको नेतृत्व गरेका छैनन् । नेपालको राजनीतिक परिवर्तनको आन्दोलन सधैं कोइराला परिवारकै नेतृत्वमा हुने गरेको देखिन्छ । नेपाली कांग्रेसको वर्तमान नेतृत्व पनि काठमाडौंमा बसेर सधैं राजनीतिक भागवण्डाको राजनीतिमा मात्रै सिमित रहने संकिर्ण मानसिकताका कारण केपी ओलीजस्ता अवसरवादी कम्युनिस्टहरूले अहिले नेपालमा वेलगाम रजाँई गरिरहेका छन् । त्यसैले अब फेरि मुलुकको लोकतन्त्रको रक्षा र नेपाली कांग्रेसको भविष्य सुनिश्चित गर्न तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु गोलबद्ध हुन जरुरी छ ।
जनताको भावनालाई नै सधैं आफ्नो एकमात्र राजनैतिक आदर्श मान्ने डा. शेखर कोइरालाको नेतृत्व अब हामीलाई चाहिएको छ । संकिर्ण स्वार्थ र गुटगत अभ्यासले नेपाली काङ्ग्रेसलाई पुर्याएको अपुरणिय क्षति पुर्ति गर्ने यो भन्दा अर्को बिकल्प अहिले नेपाली कांग्रेसमा देखिदैन् । डा. शेखरले राजनीतिक नेतृत्व लिने हो भने नेपालमा अहिले देखिए जस्तो कम्युनिस्टहरूको नाङ्गो नाँच पनि देखिदैन ।
त्यसैले आऔं, अहिल्यै डा. शेखर कोइरालाको नेतृत्वमा गोलबद्ध बनौं । अवसरवादी कम्युनिस्टदेखि देशमा व्याप्त गरिवी र भोमरीका बिरुद्धमा लडौं । देशलाई भ्रष्टाचारमुक्त देश बनाऔं, लोकतन्त्रका पक्षमा आफ्नो धारणा अझ सशक्त बनाऔं । फालिएका कसिङ्गर खोज्न कन्टेनरतर्फ बढेका आफ्ना कदमहरुलाई रोकौं । देश विकास, नितान्त देश विकासको सपना मात्रै मन मष्तिष्कमा बोकौं । हामी जुटे नेपाल बन्न समय लाग्दैन । सधै गुट र फुटको राजनीतिले मात्रै देशको लोकतन्त्र उँभों लाग्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार