चितवनमा १८ मतदान केन्द्र थपिने
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १६:५५:५४
२३ माघ, चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले निर्वाचनका लागि १८ मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ । जिल्ला मतदानस्थल तथा केन्द्र सिफारिस समितिले जिल्लामा रहेका ४०८ केन्द्रमा १८ थप गरी ४२६ मतदान केन्द्र गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
कार्यालयका प्रमुख जनार्दन अधिकारीका अनुसार विसं २०७४ मा भएका १६४ स्थलमा नै पर्ने गरी ती केन्द्र थप गरिएको हो । जिल्लामा मतदाता सङ्ख्यामा वृद्धि भएसँगै केन्द्र थप गरिएको उनले बताए । विसं २०७४ को निर्वाचनमा तीन लाख ५४ हजार ३४ मतदाता रहेका थिए भने गत पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका तीन लाख ६८ हजार ७४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने कामलाई तीव्र बनाएको उनले बताए । अद्यावधिकका लागि स्थानीय तहमा आयोगका कर्मचारी बसेर काम गरिरहेका छन् । उनीहरुले आउँदो आइतबारसम्म अद्यावधिक गरेर नामावली कार्यालयमा पठाउने उनले जानकारी दिए। स्थानीय तहमा गरिएको अद्यावधिक विवरण कार्यालयले फागुन २ गतेसम्ममा निर्वाचन आयोगमा पठाइसक्नेछ । कार्यालयले फागुन २१ गते अन्तिम नामावली सार्वजनिक गर्दैछ ।
प्रमुख अधिकारीका अनुसार कार्यालयले जिल्लामा रहेका १७ विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रमसमेत सम्पन्न गरेको छ । आयोगले तोकेबमोजिम जिल्लास्थित तीन सङ्घीय निर्वाचन क्षेत्रमा रहेका ती विद्यालयमा शिक्षा दिएको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ९०० भन्दा बढी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन शिक्षा कार्यक्रम दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार