कोभिशिल्ड खोप लगाउन स्वास्थ्यकर्मी नै गर्छन् आनाकानी
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १७:५:५५
२३ माघ,महोत्तरी । कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । जिल्लामा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लामा महोत्तरी कारागारका ४६० कैदीबन्दीलाई यो खोप दिइएको छ । प्रथम चरणमा यो खोप चिकित्सक÷स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइने गरी प्राथमिकता निर्धारण गरिएको थियो । यद्यपि खोप लिन अस्पताल आउनेको सङ्ख्या अपेक्षाअनुसार नभएको कार्यालयले जनाएको छ ।
फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेका बुझिएको छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । खोप लिँदा कसैकसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो स्वतः आफैँ ठिक हुँदै जाने स्वास्थ्यकर्मी बताउछन् । यद्यपि यस्तो लक्षणबारे महोत्तरीमा अहिलेसम्म कतैबाट गुनासो नआएको कार्यालयले स्पष्ट पारेको छ । कोभिशिल्ड खोप खास अवसर भएकाले यो सेवा लिन उत्साहपूर्ण सहभागिता जनाउन कार्यालयले अपिल गरेको छ ।
प्रथम चरणमा प्राप्त खोप भाइल सकिनै लागे पनि छिमेकका जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक मात्रा तत्काल उपलब्ध हुने अवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ । जलेश्वर अस्पतालबाट प्रारम्भ गरिएको कोभिशिल्ड खोप सेवा बर्दिवास अस्पतालबाट पनि दिइँदैछ । यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा विस्तार गरिने कार्यालयले जनाएको छ । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार