जगतगुरुले गरे पर्वतको महाशिला भ्रमण
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १७:३३:४५
२३ माघ,पर्वत । बालसन्त मोहनशरण देवाचार्यले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गरेका छन् । र्नुभएको छ उहाँले पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गरेका हुन् । धार्मिक एवं पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको महाशिलाको अध्ययन तथा अवलोकनका लागि पहिलोपटक जगतगुरु महाशिला गाउँपालिकामा पुगेका छन् ।
उनले शिलाको परिक्रमा गर्दै नवनिर्मित संरचना र महाशिला गुरुयोजनामा समेटिएका विषयवस्तुका बारेमा जानकारीसमेत लिएका छन् । जगतगुरुले महाशिलाको महिमा वर्णनयोग्य रहेकाले आफूले प्रकाशन गर्न लागेको कृतिमा समावेश गर्ने बताए । उनले कालीगण्डकीको तटीय क्षेत्र तथा गण्डक क्षेत्रमा पर्ने हुँदा यो शिला पुज्न योग्य रहेकोसमेत बताए ।
जगतगुरुलाई महाशिलाको बारेमा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल, महाशिला संरक्षण तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुष्पराज पौडेललगायतले जानकारी गराएका थिए । जगतगुरु महाशिलाबाट फर्केर केही दिनका लागि पर्वतका पवित्र धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणीमा बसेर प्रवचन दिने कार्यक्रम छ । उनले माघ २७ गतेसम्म कृष्णगण्डकी र शालिग्राम शिलाको बारेमा प्रवचन दिनेछन् ।
महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षय तृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको छ भने१०८ धारा निर्माण भइसकेको गाउँपालिले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार