नेपालमा पनि स्वामी विवेकानन्दको जन्मजयन्ती मनाइयो
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:२२:१४
२३ माघ,काठमाडौं । समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दले वैदिक सनातन धर्मको विश्वव्यापी प्रचारका लागि पु¥याएको योगदानको चर्चा गर्दै १५९औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । यसै अवसरमा बिहीबार विवेकानन्दका गुरु रामकृष्णको स्मरणमा स्थापना भएको संस्था रामकृष्ण आश्रम नेपालले प्रवचन, पूजा आराधना, हवन, विशेष भोग, आरती, भजनकीर्तन एवं प्रसाद वितरण गरी स्वामी विवेकानन्दको १५९औँ जन्मजयन्ती मनाएको छ ।
‘आत्मनो मोक्षार्थं जगद्घिताय च’ अर्थात् आत्ममुक्ति र जगतको हितका लागि भन्ने मूल नाराका साथ विसं २०६८ असोज १२ गते रामकृष्ण आश्रम नेपाल स्थापना भएको हो । भारतमा रामकृष्णका प्रमुख शिष्य विवेकानन्दको सक्रियतामा सन् १८९७ मा रामकृष्ण मिसनको स्थापना भएको थियो । आश्रम रामकृष्ण मिसनको पश्चिम बङ्गालस्थित बेलुर मठसितसमेत आबद्ध रहेको जनाइएको छ ।
सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन विवेकानन्दको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापीरूपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बनेका छन् । सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधिबिना अमेरिका पुगेका विवेकानन्दले विश्वकोषको उपनामले परिचित हावर्ड विश्वविद्यालयका प्रा हेनरी राइटलाई भेटेका थिए । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित भए ।
राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न अनुरोध गरेका थिए । विवेकानन्दसँग परिचय माग्नु भनेको सूर्यलाई उदाउने अधिकार कसले दियो भनी सोध्नुजस्तै हुने राइटको भनाइ थियो । राइटले महासभाका प्रमुख मानिसलाई पत्र लेखी हाम्रा देशका सबै विद्वानलाई एकैतिर राख्दा पनि विवेकान्दको विद्वत्ता भारी हुने पत्र महासभाका प्रमुखलाई लेखेपछि उनले भाग लिन पाएका थिए ।
विवेकानन्दले सन् १८९३ सेप्टेम्बर ११ तारिखमा पहिलो दिनको महासभालाई सम्बोधन गरेका थिए । त्यसैबाट विश्वभरबाट जम्मा भएका करिब सात हजार मानिस विवेकानन्दसँग आकर्षित भए । विवेकानन्दले त्यसबेला ‘सिस्टर्स एण्ड ब्रदर्स’ शब्दको उच्चारण गर्नेबित्तिकै दुईदेखि तीन मिनेटसम्म ताली गुञ्जायमान भएको थियो ।
स्वामी विवेकानन्दका गुरु रामकृष्णको नामबाट नेपालमा विसं २०६८ मा स्थापना भएको रामकृष्ण आश्रम नेपालले आज ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रवचन एवं उनको योगदानका विषयमा चर्चा गर्ने कार्यक्रम गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार