यमनमा युद्ध अन्त्य गर्ने बाइडेनको घोषणा
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १८:३०:३४
२३ माघ, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।
छ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि खाद्यान्न, औषधि र बस्ने ठाउँको आवश्यकता रहेको छ । जारी यस युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले विदेश नीतिको विषयमा दिनु भएको पहिलोपटक वक्तव्य यमनमा युद्ध अन्त्य हुनु पर्ने बताए ।
सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो ।बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाही रोक्ने र त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्ने बताइएको छ ।
बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरु बेच्न कार्यमा रोक लगाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार