मुद्दती बचतमा एनएमबी बैंककाे चमत्कार, बाँकी २६ काे अवस्था कस्ताे ?
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार १९:२६:५८
माघ २३, काठमाडौं । कोरोनाले शिथिल पारेको अर्थतन्त्र पून जुरमुराउन क्रममा छ । यतिबेला बैंक तथा वित्तीय संस्थाहरु पुरानै लयमा फर्कन थालेका छन् । बैंक वित्त संस्था लयमा अगाडि बढिरहेको अवस्थामा मुद्दती निक्षेपको ब्याजदर भने दिनानुदिन घटाउदै गइरहेका छन् । चैत उता मुद्दती निक्षपको ब्याजदर बढाउन बैंकहरुमा प्रतिस्प्रर्धा हुन्थ्यो । भने अहिले मुद्दती निक्षेपको ब्याजलाई हेर्दा निकै नै घटेको पाइन्छ । कुनै बेला १० प्रतिशत बढि ब्याजदर दिइरहेका अधिकांश बैंकले यतिबेला ७ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।
हरौं यतिबेला कुन बैंकले मुद्दती निक्षेपमा कति ब्याज दिइरहेका छन् ।
एनएमबी बैंकले मुद्दती निक्षेप अर्थात फिक्स डिपोजिटमा ८.१० प्रतिशत ब्याज दिइरहेको छ । यो यतिबेला बैंकहरुले दिइरहेको मध्यकै सबैधन्दा बढि हो । दाेस्राेमा सिभिल बैंकले मुद्दती निक्षेपमा ८ प्रतिशतसम्म ब्याज दिइरहेको छ । राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिइरहेको छ । त्यस्तै, सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट, मेगा बैंक, नेपाल बैंक लिमिटेड, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मुद्दती निक्षेपमा ७ प्रतिशतसम्म ब्याज दिइरहेको छन् ।
कृषि विकास बैंकको मुद्दती निक्षेपमा ७.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ भने, सेञ्चुरी बैंक र सिटिजन्स बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छन ।
त्यस्तै, कुमारी बैंक र नेपाल बंगलादेश बैंकले मुद्दति निषेपमा ६.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छन । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ६.२५ प्रतिशतसम्म ब्याज दिइरहेको छ । त्यस्तै, नेपाल एसबीआई बैंकले ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ । प्राइम कर्मशियल बैंकले ७.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
त्यस्तै, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, प्रभु बैक एनआइसी एशिया बैंकले मुद्दती निक्षेपमा ६.५० प्रतिशतसम्म ब्याज दिइरहेको छन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
वाणिज्य बैंकहरुको फिक्स डिपोजिटको बचतको व्याजदर हेर्दा औषतमा ६.८४ प्रतिशत रहेको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार