
माघ २३, काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले ८ करोड १५ लाख ४१ हजार १०० सय रुपैयाँ बराबरको ८ लाख १५ हजार कित्ता आईपीओ निष्कासनको लागि आज माघ, २३ गते शुक्रबार नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीकाे धितोपत्र बिक्री प्रबन्धको रुपमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीले २०७७ असार २५ गते आईपीओ निष्कासन लागि बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि सो आईपीओ निष्कासन गर्नेछ ।
कुल कित्तामध्ये ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्नेछ । कम्पनीले स्थानियलाई प्रतिकित्ता १०० र सर्वसाधारणलाई प्रतिकित्ता १२० मा आईपीओ जारी गर्न लागेको हो ।
प्रतिक्रिया