बैतडीमा हिमपात,राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २०:३७:४९
२३ माघ,बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । बैतडीको सिगास, ढोल्यामोड, खोड्पे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्रलगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।
यो वर्ष पहिलोपटक हिमपात भएपछि किसान खुशी भएका छन् । वर्षा र हिमपात नहँुदा बालीनाली सुक्दै गएको थियो । लामो समयपछि हिमपात हुदा किसान खुशी भएका हुन ।
यसैबीच बाक्लो हिमपातका कारण राजमार्गसमेत अवरुद्ध भएका छन् । दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग अवरुद्ध भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । दशरथचन्द राजमार्गको अनारखोली जयपृथ्वी राजमार्गको ढोल्यामोड क्षेत्रमा बाक्लो हिउँँ जमेकाले राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिमपातले चिसो बढाएकाले जनजीवन पनि प्रभावित बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार