रुकुमपूर्वका कृषकलाई स्याउका बिरुवा
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २१:२:४५
२३ माघ,रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् । कृषकलाई व्यावसायिक बन्न थप मद्दत मिलोस् भन्ने हेतुले अनुदानमा बिरुवा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका–६ मा मात्रै छ हजार स्याउका बिरुवा वितरण गरेको छ । त्यहाँ एक स्थानीय तह एक उत्पादन कार्यक्रमसमेत लागू भएको छ । बाँकी छ हजार बिरुवा भने कृषकको मागका आधारमा वितरण गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई रेड, गोल्डेन र रोयल डेलिसियस जातको स्याउका बिरुवा वितरण गरिएको छ ।
यस्तै कृषककै मागका आधारमा गाउँपालिकाले इटालीबाट पनि स्याउका बिरुवा मगाएको छ । गाउँपालिकाले अनुदानमा स्याउका बिरुवा उपलब्ध गराएपछि खुशी भएका कृषक भने स्याउका बिरुवा सुकेर जाने हुन कि भन्ने पिरमा छन् । आकासेपानीको भरमा गरिने खेती प्रणालीमा लामो समयदेखि पानी नपरेपछि कृषक समस्यामा परेका छन् ।
सिँचाइ अभावमा आकाशबाट पानी नपर्दा नागरिकले यस्तो समस्या बारबार झेल्दै आएका छन् । आकाशबाट पानी नपर्दा यस वर्ष जिल्लाभरिकै कृषक समस्यामा परेका छन् । जिल्लाको माथिल्लो भेगमा गरिने स्याउखेतीसँगै जिल्लाभर नै लगाइएको गहुँबालीलाई ठूलो असर परेको छ । सिँचाइको अभावमा सधैँ समस्या झेल्दै आएका कृषक पानी नपरेपछि थप समस्यामा परेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुमपूर्वले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार