बुधबार , फागुण १९, २०७७

सौराहा खाद्य महोत्सव यो वर्ष खुला चौरमा

सौराहा खाद्य महोत्सव यो वर्ष खुला चौरमा

२३ माघ,चितवन । सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ । रेष्टुराँ एण्ड बार एशोसिएशन रेवान सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ ।

संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताए । यो १५ औँ महोत्सव हो । यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो । यस वर्ष भने दैनिक विभिन्न जातिका झाँकीसहित महोत्सव गरिँदै छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भइरहेको छ । महोत्सवमा नयाँ र स्वादिला खाना तयार पारिदै छ । कोरोना संक्रमण कम हुँदै गएपछि सौराहामा पर्यटकको चहलपहल बढेको छ । बिदाका दिनमा होटल आन्तरिक पर्यटकले आधाभन्दा बढी भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको संख्या बढ्दो रहेको छ ।

आन्तरिकरुपमा बजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महीना पूर्वी नेपालमा घुमौँ सौराहा अभियान लिएर पुगेका थिए । अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचारप्रसार गरेर सौराहाको व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन आफूहरु लागि परेको बताए । पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र विभिन्न जातिका संस्कृति हेर्न आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघलगायत जनावर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्ने गर्दछन् ।

सन् २०२१ मा ठूलो संख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ सँगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा बढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय