मंगलबार , फागुण १८, २०७७

शिक्षकले कहिले पिठियुँमा धाप मार्ने,गाला चिमोट्ने गरेका त छैनन् ?

शिक्षकले कहिले पिठियुँमा धाप मार्ने,गाला चिमोट्ने गरेका त छैनन् ?

२३ माघ, टीकापुर । पछिल्यो समय बालबालिका माथि हुने दुव्यवहारहरु दिनप्रतिदिन बढ्दै गईरहेका छन् । यस्ता खालका दुव्यवहार तथा गलत छुवाईले बालबालिकामाथि मानसिक समस्यासंगै उनीहरुको पढाईमा समेत असर परेको छ । यस्तै समस्या भोगेकी छिन् कैलालीकी एक किशोरीले । अहिले उनी १७ वर्षकी भइन् र १२ कक्षामा पढ्दै छिन् । सोहि किशोरी आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले पढाइमा समेत असर प¥यो ।

चौध वर्षमा शिक्षकको दुव्यवहार खेपेकी उनले नौ कक्षा पढ्दा शिक्षकको व्यवहारकै कारण विद्यालय बदल्नुप¥यो । पढाइमा उत्कृष्ट उनलाई पढाउने शिक्षकले कहिले पिठ्यिँुमा धाप मार्ने, कहिले गाला चिमोट्ने, कहिले आँखाको इशारा गर्ने गर्थे । बालिकालाई शिक्षकको व्यवहार अनौँठो लाथ्यो । शिक्षकको व्यवहारले पीडा महशुस हुन थालेपछि उनलाई विद्यालय जान मन लाग्ग पनि छाड्यो र पढाइ पनि बिग्रियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सधैँ कक्षामा प्रथम वा द्वितीय आउने उनी अर्धवार्षिक परीक्षामा दशौैँ स्थानमा पुगिन् । उनी विद्यालयमा शिक्षकको गलत व्यवहार र घरमा अभिभावकको गाली सहन वाध्य भइन् । “बाबा आमाले छोरी ठूली भई, बिग्रन थाली भन्न थाले, मेरो बानीमा आएको परिवर्तन देखेर मलाई गलत ठान्न थाले”, उनी सम्झन्छिन्, “ओहो सम्झँदा पनि पीडा हुन्छ । म त निदाउन पनि नसक्ने भएँ । मलाई रातदिन तनावले पिरोल्न थाल्यो ।”

छोरीको व्यवहारमा परिवर्तन आएपछि एक दिन किशोरीकी आमाले छोरीलाई एक्लै राखेर सोधिन् । किशोरीले आमासँग विद्यालयमा भोगिरहेको घटना सुनाइन् । आमाछोरीले शिक्षकलाई भेटेर त्यस्तो व्यवहार नदोहो¥याउन आग्रह गरे । शिक्षकले माफी मागे । उनले माया गरेर त्यसो गरेको बताए । अब त्यस्तो व्यवहार नगर्ने भनेपछि किशोरी खुशी भएर विद्यालय जान थालिन् तर शिक्षकले व्यवहार सुधारेनन् । उनले चार÷पाँच दिनपछि थप हिंसा गर्न थाले । गलत छुवाइको पीडामा किशोरीको एक वर्ष बित्यो । उनले राम्रो नतिजा ल्याउन सकिनन् ।

“अर्को वर्ष आमाले बाबालाई भनेर मेरो विद्यालय बदल्नुभयो । म अर्को विद्यालय पढ्न थालेँ । अहिले म पढाइमा राम्रो छु”, किशोरी भन्छिन्, “त्यो बेला विद्यालय नबदेलेको भए मेरो जीवन बर्बाद हुने थियो । आमालाई आफ्नो पीडा नभनेको भए म मानसिक रोगी हुन्थेँ होला ।” अहिले उनी पढाइमा राम्रो छिन् । त्यो समय विद्यालय नबदलेको भए उनको पढाइ बिग्रिन्थ्यो र जीवन दुःखदायी हुन्थ्यो । अभिभावकले समयमै जानकारी पाएर किशोरी थप हिंसा हुनबाट जोगिइन तर उनले भोगेको व्यवहार भुलेकी छैनन् ।

त्यस्तै कक्षा ७ मा अध्ययनरत अर्की किशोरी छिमेकीको घरमा ट्युसन पढ्न जान्थिन् । छिमेकमा रहेका दाइ नाता पर्ने उनका आफन्तले धेरै बालबालिका जम्मा गरेर ट्युसन पढाउँथे । किशोरी पनि स्कूलबाट फर्केपछि एक घण्टा उनको घर पढ्न जान्थिन् । धेरै विद्यार्थीका बीचमा पनि उनले हिंसा सहन्थिन् । दाइ नाता पर्ने उनले उनको गाला चिमोट्थे, तिम्रो गाला रातो भाछ भन्थे, नाक तान्थे । किशोरीलाई त्यो व्यवहार मन पर्दैनथ्यो । “मलाई उनले छुँदा नरमाइलो लाग्थ्यो । म डरले काप्थेँ, पसिना आउँथ्यो”, उनी भन्छिन्, “आमाले पढ्न पढाउथे, म तनाव झेलेर फर्कन्थेँ ।”

आफन्तको व्यवहार मन नपरेपछि किशोरीले उनको घर जान छाडिन् । उनले आमालाई घरमै राम्रो पढ्न सक्ने बताइन् । “मैले त्यतिबेला यस्तो कुरा भनेमा इज्जत जान्छ भन्ने सोँचे”, उनी भन्छिन्, “अहिलेजस्तो बुझ्ने भएको भए घरमा सबैलाई भन्थेँ जस्तो लाग्छ । त्यस्तो व्यवहार गर्नेलाई कारवाही हुनुपर्ने हो भन्ने बुझेकी छु ।”

गलत छुवाइ बाल यौन हिंसाको शुरुआतको चरण हो । छुवाइलाई मानिसले सामान्यरुपमा लिन्छ । माया गरेको भनेर गरिने यस्ता व्यवहारले बाल मस्तिष्कमा गलत असर परेको हुनसक्छ । “बाल यौन हिंसा न्यूनीकरणका लागि यसरी बालबालिकालाई माया गरेको बहानामा छुने कार्य गलत हो”, टीकापुर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह भन्छिन् ।

सङ्गीता अभिभावकले बालबालिकाले आफूमाथि भइरहेको गलत व्यवहार वा हिंसा खुलाउने खालको वातावरण तयार गर्नुपर्ने बताउछिन् ।
अधिकारकर्मी कल्पना उपाध्याय यस्ता हिंसा छोरीले बढी सहनुपर्ने भएकाले छोरीलाई यौन हिंसा, दुव्यवहार सहनु हुन्न भन्ने ज्ञान पहिल्यै दिन आवश्यक रहेको बताउछिन् ।

शिक्षिका माया साउद शिक्षकले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गर्न आवश्यक रहेको बताउछिन् । बालबालिकाले भोग्ने यस्ता घटना प्रहरीसम्म निकै कम पुग्छन् । सामान्य व्यवहार हो भन्दै माफी दिने वा त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट टाढिने गरिन्छ । प्रहरी कहाँ बलात्कार प्रयास वा बलात्कारका घटना भएमात्र उजुरी गर्ने गरिन्छ ।

इलाका प्रहरी कार्यालय टीकापुरमा आर्थिक वर्ष २०७६÷७७ मा जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका पाँच मुद्दा दर्ता भएका थिए । आव २०७७÷७८ को हालसम्म जबर्जस्ती करणीका चार र जबरजस्ती करणी उद्योगतर्फ एक मुद्दा दर्ता भएका छन् । प्रहरी निरीक्षक अरुण बम गलत छुवाई सहनुप¥यो भनेरै उजुरी आउनेक्रम कम रहेको बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय