अवरुद्ध बेंसीशहर–चामे सडक सञ्चालनमा
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २३:१९:१२
२३ माघ,लमजुङ । लमजुङ र मनाङ जिल्ला जोड्ने बेंसीशहर चामे सडक सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो ।
मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो । सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो ।
डुमे्र–बेंसीशहर–चामे सडक आज बिहानदेखि सो सड सञ्चालनमा आएको हो । हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्यालय तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो । विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ ।
यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि दुई हजार ६०० मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडक सुधार नहुँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुँदै आएका छन् ।
यस वर्षसमेत दर्जनौँ पटक विभिन्न स्थानमा पहिलो जाँदा सडक अवरुद्ध हुन पुगेको थियो । यस खडकखण्ड अन्तर्गत बेंसीशहर नगरपालिका–६ खरखरे भीर, बेलौती बिसौना–७ पुवाखोला, मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चेदेखि मनाङको नासों गाउँपालिकाको म्यार्दी, तालडाँडालगायतका स्थानमा बाढिपहिरोले क्षति पु¥याएको थियो ।
गत साउन ४ गते आएको बाढीपहिरोले यो मध्ये बेलौती बिसौनामा रहेको स्याव कल्भल्र्ट, र पुवाखोलामा आएको बाढीपहिरोले पुवाखोालमा राखिएको कल्र्वे बगाउँदा करिब एक करोड रुपैयाँको क्षति भएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाले जनाएको छ । योजनाका अनुसार यस वर्ष आएको बाढीपहिराले सडकको सबै स्थानबा गरी करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।
सङ्घीय सरकारले यस वर्षसमेत सडक स्तरोन्तीको लागि रु २३ करोड ५८ लाख विनियोजन गरेको र सो रकमबाट आवश्यकअनुसार सडकको काम गर्दै आइरहेपनि सडकमा जोखिम भने कायम रहेको उक्त योजनाले जनाएको छ । योजनाका अनुसार यस सडकको चौडार्ईँ तीनदेखि चार र कतै कतै सात मिटरको रहेपनि अधिकांश स्थानमा चार मिटरको चौडाईँ रहेको छ ।
साँघुरो सडक, वर्षेनी आउने पहिरोले जीर्ण बनाएको सडक, त्यही माथि भीरैभरले गर्दा यात्रा जोखिमपुर्ण रहेको यहाँका सञ्चालन गर्दै आएका सवारीका चालकको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार