
२३ माघ, विराटनगर । कम्युनिष्टहरुले सत्तामा बसेर मच्चाएको लुट, बिकृति र अराजकतादेखि वाक्कदिक्क भएर सो पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर देशव्यापी बनेको छ ।
सोही क्रममा आज नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा २ सय ३३ जना व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मोरङको सुन्दरहरैंचा सलकपुरमा आयोजित कार्यक्रममा राप्रपाका पुर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, नेपाल सरकारका पुर्व सहसचिव प्रेमप्रकाश उप्रेती र नेपाल प्रहरीका पुर्व एसपी नरेन्द्र उप्रेती आज कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले उनीहरुलाई खादा र रातो टीका लगाएर कांग्रेसमा प्रवेश गराएका छन् । सो कार्यक्रममा राप्रपा, पुर्वएमाले र पुर्वमाओवादी परित्याग गरी करिब २ सय ३३ जना व्यक्ति कांग्रेसमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया