संरक्षणको अभावमा जीर्ण बन्दै उमाकुण्ड
नेपालबहस संवाददाता
माघ २३, २०७७ शुक्रबार २३:४९:१५
२३ माघ,काठमाडौं । पशुपति क्षेत्रस्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको उमाकुण्ड जीर्ण हुँदै गएको छ । संरक्षणको अभावमा उमाकुण्डमा पानीको स्रोत समेत सुक्न थालेको छ ।
वराह पुराण लगायत ग्रन्थमा सत्ययुगमा भगवती उमाले महादेव स्वामी पाऊँ भनी यहाँ तपस्या गरेकाले यसको नाम उमाकुण्ड रहेको उल्लेख छ । उमाकुण्डको उत्तरतिरको भाग बग्दै गएपनि यसको संरक्षण हुन नसकेको नित्य यज्ञ गर्न भागवत सन्यास आश्रम एवं गुरुकुलबाट खटिनुभएका ब्राह्मण कमल गौतमले जानकारी दिएका छन् ।
पशुपतिनाथको मूल मन्दिरको वायव्य कोणमा रहेको उमाकुण्ड शिव पाञ्चायन अनुसार निर्माण भएको विश्वास गरिन्छ । पुरातात्विक महत्वको उमाकुण्डमा वास्तु विपरीत इशान कोणमा शौचालय निर्माण गरिएको छ । इशान कोणमा निर्माण गरिएको शौचालय पनि जीर्ण बनेको छ । तीन वटा शौचालयमध्ये दुईवटा जीर्ण भएर छिर्न नसकिने भएपछि बन्द गरिएको छ ।
एउटा शौचालय भने उमाकुण्डमा विसं २०१६ देखि विधिवित् यज्ञ सञ्चालन गर्दै आएको स्वर्गद्वारी आश्रमको सक्रियतामा निर्माण गरेर सञ्चालन भइरहेको छ । उमाकुण्ड क्षेत्रमा यो बाहेक अरु शौचालय नभएकाले महाशिवरात्रि, साउन महिना, तीज, बाला चतुर्दशी लगायत लाखौँ भक्तजन आउने पर्वमा शौचालय खोज्ने भक्तजनको भीड लाग्छ ।
कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा उमाकुण्ड पुनःनिर्माणको चरणमा रहेको बताउछन् । आफुखुसी बनेका उमाकुण्डका धेरै संरचनाले पुरातात्विक महत्वको कुण्ड, शिवलिङ्ग ओझेलमा परेकाले एउटामात्र सत्तल बनाउने कोषको योजना छ । उमाकुण्ड क्षेत्रमा सार्वजनिक शौचालयसमेत बनाउने कोषको योजना रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार