
२१ माघ, सप्तरी । सेवाग्राहीसँग १५ हजार घुस लिदै गर्दा सप्तरीमा लेखापढी व्यवसायी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ गरेको हो ।
आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया